७१ जना फरार अभियुक्त पक्राउ
जनकपुर–जिल्ला प्रहरी कार्यालय धनुषाले साढे चार महिनाको अवधिमा विभिन्न अपराधमा संलग्न रहेका ७१ जना फरार अभियुक्तलाई पक्राउ गरेको जनाएको छ ।
गत साउनदेखि मंसिर २० गतेसम्ममा विभिन्न आपराधिक घटनाका ६० अभियुक्त र अदालतबाट दोषी ठहर भई फरार रहेका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।
अपराध गरेर फरार रहेकालाई कारबाहीको दायरामा नल्याइए आमजनतामा कानुनी राज्यको अनुभूति हुन नपाउने भन्दै थपलिपयाले भने– प्रहरीमाथि विश्वास घट्न सक्छ । त्यही भएर फरार अपराधी पक्राउ गर्न तीव्र रूपमा अभियान चलाइरहेका छौँ ।
यसैबीच जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ बस्ने रामविलास यादवको हत्या आरोपमा फरार रहेका शिवजी साह पक्राउ परेका छन् । ०६३ जेठ ८ गते यादवको हत्या भएको थियो । हत्या अरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले शिवजी साह, फेकन साह र रामजी साह विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी लगत्तै उनीहरू फरार थिए । तर, त्यसको १० वर्षपछि प्रहरीले बेलौनी स्थित घरबाटै शिवजीलाई पक्राउ गर्न सफल भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि