बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी विकास बैंकको शाखा कोहलपुरमा, शाखा संख्या ६६ पुग्यो

सोमबार, २४ मङ्सिर २०७५, १८ : १३
सोमबार, २४ मङ्सिर २०७५

काठमाडौं– गण्डकी विकास बैंकले बाँकेको कोहलपुरमा आफ्नो शाखाको औपचारीक उद्घाटन गरेको छ ।

शाखाको उद्घाटन गर्दै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले गण्डकी विकास बैंकलाई कोहलपुरमा स्वागत गर्न पाउँदा अत्यन्तै खुसी व्यक्त गर्दै बैंक ग्रामिण क्षेत्रका जनताको सहयोगी बन्न सकोस भन्ने शुभकामना समेत दिए ।

बैंकका सञ्चालक कृष्ण बहादुर थापाक्षेत्रीको उपस्थितिमा बैंकलाई नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका उपनिर्देशक नारायण प्रसाद पोख्रेल, कोहलपुर नगरपालिका ११ का वडा अध्यक्ष कर्ण बहादुर थापा र उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष चक्र अधिकारीले शुभकामना दिएका थिए ।

कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा सुविधा एवं बैंकको गतिविधिका बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जानकारी गराए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप