बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रामजानकी विवाहपञ्चमी : तिलकोत्सव कार्यक्रम सम्पन्न

सोमबार, २४ मङ्सिर २०७५, १८ : ३१
सोमबार, २४ मङ्सिर २०७५

जनकपुर– त्रेता युगमा सीता र रामको विवाह भएको सम्झनामा भब्यताका साथ मनाइने सप्ताहव्यापि रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज सोमबार चौथो दिन तिलकोत्सव कार्यक्रम सम्पन्न भएको छ । तिलकोत्सवको अवसरमा जानकी मन्दिरबाट १ हजार १ पाहुर लिएर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव जनकपुर स्थित राममन्दिर पुगेका थिए ।

तिलकोत्सवको अवसरमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र अयोध्या दरवारको प्रतिनिधित्व गर्ने राम मन्दिरका महन्त राम गिरीले अंकमाल गरी सम्धि मिलान गरेका थिए ।
यस अवसरमा दूवै पक्षबीच हासयस परिहासका कार्यक्रम समेत भएको थियो ।

विवाहपञ्चमीको पाँचौ दिन मंगलबार जानकीको मटकोर हुनेछ । त्यसैगरी बुधवार जानकी मन्दिरमा वैवाहिक कार्यक्रम अन्तर्गत मटकोर उत्सव कार्यक्रम रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप