बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा जागरण तथा बीमा दावी रकम भुक्तानी

सोमबार, २४ मङ्सिर २०७५, १८ : ४८
सोमबार, २४ मङ्सिर २०७५

काठमाडौं–सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बर्दिवासमा बीमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी गरेको छ ।

कम्पनील बीमित स्वः श्याम सुन्दर महतोले ९४ हजार ३ सय ३६ बीमाशुल्क भुक्तानी गरि जीवन बीमा गरेका निजको २ महिना ६ दिनमै मृत्यु भएकोले निजको श्रीमती पवित्री देवीलाई १० लाखको चेक रकम भुक्तानी गर्योे ।

उक्त कार्यक्रम बर्दिबास नगरपालिका १का वडा अध्यक्ष चुडामणि पोख्रेल, कम्पनीका महाप्रबन्धक कमलराज गौतम र मुख्य बजार विकास प्रवद्र्धक राजु के.सी. र जनकपुर शाखाका शाखा प्रवन्धक नवराज चौधरीको उपस्थित रहेको थियो । 

साथै कम्पनीले मंसिर २३ र २४ गते सिन्धुली र महोत्तरी जिल्लामा स्थानीय र अभिकर्ताहरुको उपस्थितीमा बृहत बीमा जागरण कार्यक्रम सम्पन्न गरेको जनाएको छ । 

स्थानिय निकायका जनप्रतिनिधि, आम सर्वसाधारण र अभिकर्ताहरुको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारी अभिकर्ताहरुसंग अन्र्तक्रिया समेत गर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप