शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भागीरथको ‘वेशी गाउँको रोधीमा’

सोमबार, २४ मङ्सिर २०७५, १९ : ५७
सोमबार, २४ मङ्सिर २०७५

काठमाडौँ – लोक दोहोरी गायक भागीरथ चलाउनेको नयाँ गीत ‘बेशी गाउँको रोधीमा’ सार्वजनिक भएको छ । आकर्षक भिडियोसहित सार्वजनिक गीत मौलिक एवं नाचौँ नाचौँ लाग्ने खालको रहेको छ ।

दिनेश सापकोटाको शब्द तथा गायक चलाउनेकै संगीत रहेको गीतमा उनलाई सम्झना भण्डारीले गायनमा साथ दिएकी छन् ।  गीत माथि बनेको भिडियोमा गायक रामजी खाँड र अलिस्मा चलाउनेको अभिनय रहेको छ ।

मौसम हिमालीको निर्देशन रहेको भिडियोलाई दुर्गा पौडेलले छायाँकन गरेका हुन् । प्रबिन भट्टको सम्पादन रहेको भिडियो बिपी फिल्मस्ले निर्माण गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप