शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वेभसर्फरका तीन दाजुभाई मिलेर ३२ करोड ठगी, सुरेन्द्र परे प्रहरी फन्दामा

सोमबार, २४ मङ्सिर २०७५, २१ : ०१
सोमबार, २४ मङ्सिर २०७५

काठमाडौं–इन्टरनेट सेवा प्रदायक कम्पनी वेभ सर्फरका सञ्चालक मध्येका शुरेन्द्र क्षेत्री पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले क्षत्रीलाई तिनकुनेबाट नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले रातोपाटीलाई जानकारी दिए । 

‘वेभ सर्भर कम्युनिकेशन प्रा.लि. नेपाल’का सञ्चालक क्षत्रीसहितका उनका तीन दाजुभाई मिलेर बेलायती नागरिक दिनेश भन्ने केपी भिमल नाथनबाट ३२ करोड ठगी गरेको अभियोग लागेको छ । 

तीन महिनाअघि काठमाडौं प्रहरीले बोलाएपछि बेलायती नाथनलाई पैसा फिर्ता गर्ने सहमति गरेपछि त्यतिबेला प्रहरीले क्षत्री दाजुभाईलाई छाडेको थियो । 

शुरेन्द्र, सुमन र अर्का एकजना मिलेर वेभ सर्फरको शेयर दिने नाममा नक्कली शेयर प्रमाणपत्र दिएर उनीहरुले बेलायती नागरीकबाट करोडौं ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

बेलायती नागरीकलाई शेयर सदस्य दर्ता, कहिले शेयर छुट्याएको नाममा त कहिले विदेशी लगानी भित्र्याउन नेपाल सरकारबाट अनुमति लिनका लागि लाग्ने खर्चका नाममा क्षत्री दाजुभाईले ठगी गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप