बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा अब पहिलो पार्टी हुन्छ : अध्यक्ष थापा

सोमबार, २४ मङ्सिर २०७५, २१ : २२
सोमबार, २४ मङ्सिर २०७५

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनबाट राप्रपा बलियो वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाउने दाबी गरेका छन् । 

पार्टीको ३ नं कमिटीद्वारा आज हेटौँडामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संवैधानिक राजतन्त्र, हिन्दू राष्ट्र पुनस्र्थापनालगायतका एजेण्डा बोकेर आन्दोलनमा उत्रिने बताए । 

फरक प्रसङ्गमा उनले कुनै एक धर्मलाई महत्व दिएर धार्मिक द्वन्द्व निम्त्याउने क्रियाकलाप गर्न नहुने बताउँदै वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए । 

प्रशिक्षण कार्यक्रमलाई राप्रपाका केन्द्रीय नेताहरु भुवन पाठक, तोरणबहादुर गुरुङ, रोशन कार्की, राजाराम बर्तौलालगायतले सम्बोधन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप