बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

च्याम्पियन्स लिग : नापोली, पिएसजी र लिभरपुलको भाग्य फैसला हुँदै

मङ्गलबार, २५ मङ्सिर २०७५, १० : ४७
मङ्गलबार, २५ मङ्सिर २०७५

एजेन्सी । च्याम्पियन्स लिगमा फुटबलको समूह चरणका अन्तिम खेल आज राती र बुधबार सञ्चालन हुँदैछ । मंगलबार राती हुने खेलमा ठूला टोलीबीच प्रतिस्पर्धा हुनेछ । स्पेनिस पावर हाउस बार्सिलोनाले घरेलु मैदानमा इङ्लिस टोली टोट्टनहामसँग खेल्दैछ ।

यसैगरी अर्को बलियो इङ्लिस टोली लिभरपुलले इटालियन क्लब नेपोलीको समना गर्नेछ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)ले रेडस्टारसँग खेल्नेछ ।

समूह ‘ए’ मा रहेको एट्लेटिको म्याड्रिडले क्लब ब्रुग्जसँग खेल्नेछ । सोही समूहको अर्को खेलमा बोरुसिया टर्डमन्डले एस मोनाको भिड्नेछन् । यस समूहबाट एट्लेटिको र डर्टमन्ड अघिल्लो चरण प्रवेश गर्ने निश्चित भएको छ ।

समूह ‘बी’ बाट बार्सिलोना विजेताको रुपमा नकआउट चरणमा पुगिसकेको छ । उसले १३ अंक जोडेको छ । टोट्टनहामले अघिल्लो चरण पुग्न यो खेल कुर्नुपर्नेछ । किनकी टोट्टनहाम र इन्टर मिलानको समान सात अंक छ ।

समूह ‘सी’ को अवस्था झनै रोचक छ । यस समूहमा रहेका नापोली, पिएसजी र लिभरपुल तीनै टोलीको अघिल्लो चरण प्रवेशको सम्भावना कायम छ । शीर्ष स्थानमा रहेको नापोलीले नौ अंक बनाएको छ । पीएसजीले आठ र तेस्रो स्थानको लिभरपुलको ६ अंक छ ।

समूह चरणको अन्तिम खेलमा लिभरपुलले नापोलीसँग र पिएसजीले रेडस्टारसँग खेल्दैछन् । यदी पिएसजीले हारेमा र लिभरपुलले नापोलीलाई हराएमा नापोली र लिभरपुलअघि बढ्नेछन् । लिभरपुल जितेर पीएसजी बराबरी भएमा लिभरपुल अगाडी जानेछ ।

समूह ‘डी’ का खेलमा साल्केबिरुद्ध लोकोमोटीभ र गालाटासरेबिरुद्ध पोर्टो भिड्नेछन् । यस समूहबाट पोर्टोले विजेताको रुपमा अघिल्लो चरणमा स्थान बनाएको छ । साल्केले आठ अंक सहित दोस्रो स्थानमा छ । समूह ‘इ’ का खेल बुधबार राती हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप