कालोमोसो दल्ने प्रवक्ता श्रेष्ठको भनाई उट्पट्याङ : नेता थापा
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘भ्रष्टाचारीलाई कालो मोसो दल्नुस्’ भनेर दिएको अभिव्यक्तिको नेकपाकै नेताहरुले आलोचना गरेका छन् ।
प्रवक्ता श्रेष्ठले सोमबार काठमाडौमा भएको एक कार्यक्रममा ‘सबै ठाउँमा अख्तियार चाहिँदैन, भ्रष्टाचारी भेटे बाहिर निकालेर कालोमसो दल्दिए हुन्छ,’ भनेका थिए ।
तर, प्रवक्ता श्रेष्ठको उक्त भनाई जिम्मेवार नेताबाट आउने किसिमको नभएको तथा शोभनीय पनि नरहेको नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले बताए ।
‘दुई तिहाई बहुमतको सरकार सञ्चालन गरिरहेको सत्तारूढ पार्टीलाई शोभनीय हुँदैन । यो पार्टीको संस्थागत र जिम्मेवार भनाई नभएर उट्पट्याङ कुराजस्तो भयो । यो भनाई उहाँको मौलिक नभएर चिनियाँ सांस्कृतिक क्रान्तिकालमा गरिएको वितण्डाकै प्रभाव र भावुकता मात्र हो,’ थापाले एक मिडियालाई दिएको अन्र्तवार्तामा भनेका छन् ।
‘यसरी कालोमोसो दल्न आह्वान गर्न नेकपा (विप्लव) का प्रवक्ता प्रकाण्डलाई सुहाउला, जसले संविधान र कानुन नमान्ने भनिरहेको पाइन्छ । सत्तारूढ दलले त संविधान, कानुन र विद्यमान संयन्त्रमार्फत भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ । यदि कानुन र संयन्त्र पर्याप्त नभए बनाउन सकिन्छ । संविधान नै संशोधन गर्नुपरे पनि दुई तिहाई बहुमत छँदैछ । तर कानुन हातमा लिने वा लिन उक्साउने अधिकार कसैलाई छैन,’ थापाले श्रेष्ठले दिएको अभिव्यक्तिको आलोचना गर्दै भने, ‘पार्टी प्रवक्ताले नीति, निर्णय र संस्थागत जिम्मेवारी पूरा गर्ने योग्यता प्रदर्शन एवं जिम्मेवारीबोध गरेको बढी मर्यादित र शोभनीय हुन्छ होला । आगे आफ्नै मर्जी !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिया निर्यात रोकिएपछि उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण, व्यापार सम्झौता पुरा नगरेको आरोप
-
वीरगञ्जमा एक जनाको शव फेला
-
केपी ओलीको अभिनय : वान टेकमा ओके
-
राष्ट्रपति र कतारका राजाबिच आपसी सम्बन्ध मजबुत बनाउनेबारे छलफल
-
कतारी राजाको सवारी रुट खाली, तस्बिरहरू
-
इलाममा डकेन्द्रलाई हाम्रो नेपाली पार्टी र लौरो अभियानको साथ