बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘आप्पा’मा ड्राइभर बने दयाहाङ

मङ्गलबार, २५ मङ्सिर २०७५, ११ : १६
मङ्गलबार, २५ मङ्सिर २०७५

काठमाडौं – अभिनेता दायाहाङ राई अभिनित चलचित्र ‘आप्पा’को फष्टलुक सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले चलचित्रको प्रदर्शन मितिसँगै फष्टलुक सार्वजनिक गरेको हो । 

कार्यक्रममा दयाहाङले चलचित्रमा ड्राइभर र पिताको भूमिका निर्वाहा गरेको जानकारी दिइयो । चलचित्रको प्रदर्शन मिति आगामी नयाँ बर्षको २४ जेठ तोकिएको छ । 

चलचित्रमा दयाहाङले ड्राइभर र एक पिताको भूमिका निर्वाह गरेको कार्यक्रममा जानकारी दिइयो । 

दयाहाङका अलावा तुलसी घिमिरे, अरुणा कार्की, सिद्धार्थराज तामाङ, अल्लोना काबो लेप्चाको मुख्य भूमिका रहेको चलचित्र रुदेन सादा लेप्चाले निर्माण गरेका हुन् भने कार्यकारी निर्माता  माबो हाङ रहेका छन् । 
चलचित्र अनमोल गुरुङले निर्देशन गरेका हुन् । अनमोलको यो पहिलो चलचित्र हो । 

कार्यक्रममा निर्देशकसमेत रहेका कलाकार तुलसी घिमिरेले नयाँ पुस्तासँग काम गर्न पाउँदा धेरै कुरा सिक्न पाएको बताउँदा  दयाहाङले चलचित्रमा पितासँगै ड्राइभरको भूमिका निभाएको सुनाए ।

शैलेन्द्र डि. कार्कीको छायाँकन रहेको चलचित्रको अधिकांश छायाँकन भारतको कालेबुङमा गरिएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप