बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डा. डीआरको ‘लट्ठै बनायो’

मङ्गलबार, २५ मङ्सिर २०७५, ११ : २०
मङ्गलबार, २५ मङ्सिर २०७५

काठमाडौं – डा. डीआर उपध्यायको शब्द तथा सागर अधिकारी ‘शरद’को स्वर, संगीत रहेको गीत ‘लट्ठै बनायो‘’ सार्वजनिक भएको छ । 

सुनिल क्षेत्रीको निर्देशन रहेको गीतको भिडियोमा सुनिल आफै र अलिशा शर्माको अभिनय रहेको छ । बुद्ध थापाको छायाँकन रहेको गीतको भिडियोमा विकाश ज्ञवालीको सम्पादन छ ।

डीआरको ‘नशालु’ एल्बमा रहेको यो गीत अनुसारको भिडियो पनि निर्माण भएको छ । भिडियो निकै तामझामका साथ निर्माण भएको छ ।

साहित्यकार तथा गीतकार डी.आर. उपाध्यायले केही समय अघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप