शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बैंकबाट ९ हजार करोड ऋण लिएर भागेका माल्यालाई भारत ल्याइँदै

मङ्गलबार, २५ मङ्सिर २०७५, १२ : ०७
मङ्गलबार, २५ मङ्सिर २०७५

काठमाडौँ – फरार रहेका मदिरा व्यापारी विजय माल्यालाई बेलायतबाट भारत ल्याइने भएको छ । सोमबार वेस्टमिंस्टर अदालतको फैसलापछि ६२ वर्षीय माल्यालाई भारत ल्याउन लागिएको हो । 

सन् २०१६ को मार्चमा भारतीय बैंकबाट ९००० करोड ऋण लिएर लण्डन भागेका माल्यालाई फर्काइदिन भारत सरकारले बेलायत सरकारलाई अपिल गरेको थियो ।

जालसाजी र मनी लन्ड्रिङ्गको आरोपमा माल्या सन् २०१७ मा स्कटलाण्डबाट पक्राउ परेका थिए तर उनी केही दिनमा नै जमानतमा छुटेका थिए । उनलाई भारत फर्काइदिन गरिएको अपिलको विषयमा सन् २०१७ देखि लण्डनको अदालतमा मुद्दा चलिरहेको थियो । 

न्यायाधीश एम्मा आर्बटनान्टले भने, ‘माल्याको विरुद्ध धोका, जालसाजी, षड्यन्त्र र मनी लन्ड्रिङ्ग गरेको आरोप लागेका छन् । अदालतले उनको मुद्दा ब्रिटिश सरकालाई सुम्पेको छ ।’ 
फैसला हुनुभन्दा पहिले अदालत पुगेका माल्याले भने, ‘भारत फर्किनु सँग पैसाको कुनै पनि सम्बन्ध छैन । मैले पैसा फिर्ता गर्छु भनेको छु । मैले पैसा चोरेको हैन । मेरो किङ्गफिसर एयरलाइन्स बचाउनको लागि ऋण लिएको थिए  र ४ हजार करोड रुपैयाँ त्यसैमा लगाएको थिए ।’ 

के भन्छन् माल्या ?

१. आफूविरुद्ध लागेको आरोप राजनीतिक चलखेल भएको भन्दै माल्याले एक रुपैयाँ पनि उधारो नलिएको बताएका छन् । उनले किङ्गफिशर एयरलाइन्सले ऋण लिएको र कारोबार घाटामा भएकोले ऋण तिर्न असम्भव भएको जिकिर गरेका छन् । 

२. उनले सन् २०१६ मा कर्नाटक हाईकोर्टमा सबै साँवा तिर्ने प्रस्ताव राखेका थिए । उनी बैंकको पैसा चोरेर भाग्नु गलत भएको बताउँदै आएका माल्याको बैकमा पोस्टर छापिएको छ ।

३. माल्याले सन् २०१६ मा प्रधानमन्त्री मोदी र अर्थमन्त्री अरुण जेटलीलाई छानवीन समिति गठन गर्न माग गर्दै पत्राचार गरेको भएपनि कुनै जवाफ नआएको बताएका छन् । 

४. उनले भारतका जेलको अवस्था ठीक नभएको भन्दै उनले बेलायतबाट भारत नर्फकाउन अनुरोध गरे । त्यसपछि युकेको अदालतले भारतको जेलको भिडियोको माग गर्यो । भारतको आर्थर रोडस्थित ब्यारेक नम्बर १२ को भिडियो पठाइयो । भिडियो हेरेपछि युकेको कोर्टले सहमति जनाएको छ । उक्त ब्यारेकमा माल्यालाई राखिनेछ । 

५. मिडिया रिपोर्टको अनुसार भारत फर्काउन गरिएको फैसला अघि उनले भारतको राजनीतिक अवस्था राम्रो नभएको र उनलाई न्याय नमिल्ने पनि उल्लेख गरेका थिए । 

भारतीय जाँच कम्पनी भन्छः

१. सीबीआईले युकेको अदालतले गरेको फैसलाको स्वागत गरेको छ । सीबीआईले भनेको छ, ‘हामीलाई विश्वास छ कि अब माल्यालाई भारत ल्याइन्छ र उनको विरुद्धको मुद्दामा हामी निर्णय लिएर टुङ्याउनेछौँ ।’

२. सीबीआईः हामीले तथ्य र कानुनको आधारमा आफ्नो पक्ष मजबुत बनाएका थियौँ । र हामीलाई विश्वास थियो कि माल्यालाई भारत अवश्य फर्काइन्छ । 

३. माल्याले जानीजानी बैंकको ऋण नतिरेका हुन् । उनीमाथि ‘प्रिभेन्सन अफ मनी लन्ड्रिङ्ग ऐन’को मुताबिक भगौडाको आरोप लागको छ ,   
किङ्गफिशर एयरलाइन्स सन् २०१२ मा बन्द भयो 

मार्च २०१२ मा माल्याको किङ्गफिशर एयरलाइन्सले युरोप र एशियाको लागि उडान भर्न बन्द गर्यो । दिनमा ३४० घरेलु उडान भर्ने किङ्गफिशरको उडान घटाएर १२५ बनाइयो तर ८ महिना पनि नपुग्दै अक्टुबर २०१२ मा किङ्गफिशरको सबै उडान बन्द भयो । 


सन् २०१३र१४ सम्म यो एयरलाइन्सको घाटा ४,३०१ करोड पुगिसकेको थियो । यसैबीच माल्या सोही वर्षको सबैभन्दा धनीमध्ये १०० जनाको सूचीबाट बाहिरिए । ऋण बढ्दै गयो र सन् २०१६ सम्ममा उनको ९००० करोड रुपैयाँका ऋणी भए र भागेर विदेश गए । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप