शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दोस्रो जीवनको आशा दिलाउने वैज्ञानिकको मृत्युपछि दिमाग निकालियो, पुनः प्रयोगका लागि फ्रिज गरियो

मङ्गलबार, २५ मङ्सिर २०७५, १२ : ११
मङ्गलबार, २५ मङ्सिर २०७५

मानिसलाई दोस्रो जीवनको आशा दिलाउने रुसी वैज्ञानिक डा. युरी पिचुगिनको ६७ वर्षको उमेरमा नोभेम्बरको अन्त्यमा निधन भएको छ । मृत्युपछि उनको दिमागलाई फ्रिज गरेर राखिएको छ । डा. युरीको दिमागलाई उनैले प्रतिपादन गरेको प्रविधीको प्रयोग गरेर माइनस एक सय ९६ डिग्री सेल्सियसमा फ्रिज गरिएको – पुनः प्रयोग गर्नका लागि । डा. युरीले फ्रेन्केनेस्टाइन प्रविधीको खोजी गरेका थिए । उनको यो प्रविधीले मानिसहरुलाई भविष्यमा दोस्रो जीवनको सम्भावना भएको बताउँछ ।

उनको दिमागलाई उनैले विकाश गरेको विशेष प्रकारको रसायनमा राखेर फ्रिज गरिएको छ ।  यसलाई क्रायो–प्रिजर्भेशन भनिन्छ । वैज्ञानिकका अनुसार भविष्यमा यस्ता दिमागलाई पुनः प्रयोगमा ल्याउन सकिन्छ ।

छोराले दिए क्रायो–प्रिजर्भेशनको अनुमतीः

रुसको क्रायोरस कम्पनीले डा. युरीको दिमागको क्रायो–प्रिजर्भेशन गरेको हो । यो मस्कोको वेयरहाउसमा संरक्षित गरेर राखिएको छ । क्रायोरसकी प्रवक्ता वेलेरिया उदालोवाले युरीको हृदयघातका कारण मृत्यु भएको जानकारी दिइन् । छिमेकीले उनको शव घर बाहिर भेटेका थिए त्यतिबेला तापक्रम माइनस सात डिग्री थियो । त्यस्तो चिसोमा उनको शव रातभरी घर बाहिर भएकाले पनि उनको दिमागलाई संरक्षित गरेर राख्ने मौका मिलेको बताइएको छ ।  युरीले क्रायो–प्रिजर्भेशनका लागि सन् २०१२ मा नै एक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । क्यानडामा बस्ने उनका छोरा (क्यानडाका वैज्ञानिक) लाई यसबारे राम्रोसँग थाहा छ, उनैले यसको अनुमती दिएका हुन् ।

‘म कहिले पनि आफ्नो क्रायो–प्रिजर्भेशन गराउँदिनँ । यसको सफलतामाथि विश्वास नभएकाले होइन मानवताको यो रुपले मलाई दुखी बनाउँछ ।’ डा. युरी पिचगिन, २०१६

अमेरिका–रुसमा हुन्छ डा. युरीको प्रविधिको प्रयोगः

डा. युरीले प्रतिपादन गरेको यो प्रविधीको प्रयोग अमेरिका र रुसमा गरिन्छ । भविष्यमा विज्ञानको विकास भएपछि यस्तो प्रकारको दिमाग पुनः प्रयोगमा ल्याउन मौका मिल्छ । यद्यपी, युरी आफ्नो दिमाग फ्रिज गराइयोस् भन्ने पक्षमा थिएनन् । प्रविधीमाथि शंका लागेर नभई नैतिकताका लागि यस्तो नगरियोस् भन्ने उनको चाहना थियो । उनको भनाई थियो, ‘मानवताको यो रुपले मलाई चोट पुर्याउँछ ।’

वैज्ञानिकको दाबी – दशकौं पछि हुनसक्छ दिमागको पुनः प्रयोग

डा. युरीको प्रविधीको आधारमा वैज्ञानिक अत्यधिक चिसो तापक्रममा राखिएको दिमागको प्रयोग केही दशक वा शताब्दीपछि हुनसक्ने दाबी गर्छन् । भविष्यमा विज्ञानको सफलतापछि यो दिमागको प्रयोग कुनै अन्य शरिरमा पनि गर्न सकिनेछ । जुन वेयरहाउसमा डा. यूरीको दिमाग राखिएको छ, त्यहाँ ६६ अन्य व्यक्तिहरुको दिमाग क्रायो–प्रिजर्भेशन प्रविधीमा राखिएको छ । यसबाहेक ३२ घरपालुवा जनावरको दिमाग पनि सुरक्षित राखिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप