शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जब मलाइकाले अरबाजकी प्रेमिकालाई पहिलो पटक भेटिन्...

मङ्गलबार, २५ मङ्सिर २०७५, १२ : ३६
मङ्गलबार, २५ मङ्सिर २०७५

हालै सलमान खानकी बहिनी अर्पिता खानको घरमा सलमानसमेत पूरा खान परिवारले आफ्नी आमाको जन्मदिन मनाए । उक्त कार्यक्रममा अरबाज खान र कथित प्रेमिका जर्जिया एन्ड्रियाना पनि समावेश भए । अरबाजकी पूर्वपत्नी मलाइका अरोडा पनि कार्यक्रममा समावेश भइन् । अरबाजसँग छुट्टिएपनि मलाइका खान परिवारसँग निकै नजिक छिन् र विभिन्न कार्यक्रममा सँगै देखिन्छिन् ।

उक्त जन्मदिनको कार्यक्रममा मलाइकाले पहिलो पटक अरबाजकी श्रीमती जर्जिया एन्ड्रियानीलाई भेटिन् । धेरैले मलाइका र एन्ड्रियानाको भेट असहज हुने अड्कल काटेका थिए तर भारतीय मिडियाका अनुसार यस्तो फिटिक्कै भएन । अरबाज र मलाइका दुबै आ–आफ्नो बाटो लागिसकेका छन् ।

मलाइका अर्जुन कपुरसँग डेट गरिरहेको भन्ने खबरले पनि निकै चर्चा पाउने गर्छ । यसबारे जब अर्जुनका पिता बोनी कपुरलाई सोधियो तब उनले यदि अर्जुन खुसी छन् भने आफू पनि खुसी भएको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप