शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एभरेष्ट प्रिमियर लिग: सुपर ओभरमा विराटनगरको भाग्य

मङ्गलबार, २५ मङ्सिर २०७५, १३ : ३१
मङ्गलबार, २५ मङ्सिर २०७५

काठमाडौं– साविक विजेता विराटनगर वारिवर्सले तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार पारस खड्काको कप्तानीमा रहेको विराटनगरले केली कोट्जरको कप्तानीमा रहेको पोखरा राइनोजलाई सुपर ओभरमा हरायो । रोचक खेलमा सुपर ओभरमा विराटनगरका करण केसीले २० रन बनाए । सुपरओभरमा पोखराले १३ रन मात्र बनाउन सकेको थियो । इपीएल तेस्रो संस्करण पुग्दा पहिलो पटक खेल सुपर ओभरमा गएको हो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ८४ रन बनाएको थियो । पोखराका पाउल कलीनले सर्वाधिक २० रन बनाए । राजेश पुलामीले १७ रन बनाए । लिङमा विराटनगरका पाउल भान मिकेरिनले तीन र भान डेर मेर्वीले दुई विकेट लिए ।

८५ रनको विजय लक्ष्य पाएको विराटनगरले १९.३ ओभरमा सबै विकेट गुमाएर ८४ नै रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । सुपर ओभरम जानुअघि खराब सुरुवात गर्दै दुई ओभरमै दुई विकेट गुमाएको विराटनगरका लागि आसिफ शेखले १९ र करण केसीले १५ रन जोडेका थिए ।

रोविन क्षेत्री र हरि चौहानले १२ रन बनाए । पारस खड्का एक रनमा पेभेलियन फर्किएका थिए । बलिङमा पोखराका विपिन खत्रीले तीन विकेट लिए । सुसन भारी, बिक्रम सोब र पाउल कलीनले दुई–दुई विकेट लिएका थिए ।

जितसँगै विराटनगरले चार अंक बनाएको छ । विराटनगरले दोस्रो चरण पुग्ने सम्भावना पनि बलियो बनाएको छ । विराटनगरले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई हराएको थियो । पोखराको यो लगातार तेस्रो हार हो । तेस्रो हारसँगै पोखराको अर्को चरणको यात्रा कठिन बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप