शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश ५ मा बिहीबारदेखि हिउँदे अधिवेशनको शुरु हुँदै

मङ्गलबार, २५ मङ्सिर २०७५, १४ : ३९
मङ्गलबार, २५ मङ्सिर २०७५

बुटवल– प्रदेश ५ प्रदेश सभाको हिउदे अधिवेशन बिहीबारदेखि शुरु हुँदैछ । झन्डै ४ महिनापछि भोलि बैठक बस्न थालेको हो । भोलि दिउँसो १ बजे शुरु हुने अधिवेशन कानुन निर्माणमा केन्द्रित हुनेछ । सरकारले प्रदेशसभालाई बिजनेश दिनका लागि १५ भन्दा बढी विधेयक स्वीकृत गरिसकेको छ भने ४ वटा विधेयक प्रदेश सभामा दर्ता गरिसकेको छ ।

‘यो अधिवेशन विधेयक अधिवेशन हुनेछ, हामी कानुन निर्माणमा केन्द्रित हुँदैछौं– प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले भने । प्रदेशसभा सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीअनुसार १ बजे बैठक शुरु भएलगत्तै प्रदेश प्रमुख उमाकान्त झाबाट प्रदेशसभाको अधिवेशन आह्वान भएको पत्र सभामुख पूर्णबहादुर घर्तीले सुनाउने छन्

सभामुख घर्तीले दोश्रो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्रहरु पढेर सुनाउनेछन् । त्यसपछि दलको तर्फबाट प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यहरुले बोल्नेछन्

बिहीबारनै प्रदेश सभामा दुईवटा विधेयक पेश हुनेछन् । प्रदेश नं. ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नम्बर ५ संघ–संस्थाहरुको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश हुने प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए  ।

यस्तै बैठकमा विशेषाधिकार समितिको सभापति र प्रदेश नम्बर ५ को नामाकरण र स्थायी राजधानी सम्बन्धी विशेष समितिको संयोजक चयन गरेकोबारे सभामुखले सभालाई जानकारी गराउनेछन् । बैठकमा प्रदेश नम्बर ५ को नामाकरण र स्थायी राजधानीसम्बन्धी विशेष समितिको प्रतिवेदन बुझाउने समय थप गरिएको सभामुख घर्तीले सभालाई जानकारी  तयारी रहेको प्रदेश सभाले जारी गरेको सुचनामा उल्लेख छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप