बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अकुत सम्पति सार्वजनिक गर्न भूमिगत साइबर गुरिल्ला गठन

मङ्गलबार, २५ मङ्सिर २०७५, १७ : १८
मङ्गलबार, २५ मङ्सिर २०७५

काठमाडौं– स्वतन्त्र राष्ट्रिय अभियान नेपालका अभियान्ता एवम् अधिवक्ता दिनेशराज सत्यालको नेतृत्वमा स्रोत नखुलेको सम्पति सार्वजनिक गर्नको लागि नागरिक आयोग गठन गरिएको छ । 
रिपोर्टर्स क्लब नेपालमा स्वतन्त्र राष्ट्रिय अभियान नेपालले पत्रकार सम्मेलन गरेर नेता, प्रशासक, कर्मचारी, पत्रकारलगायतको स्रोत नखुलेको सम्पति सार्वजनिक गर्नको लागि अधिवक्ता सत्यालको नेतृत्वमा नागरिक आयोग गठन गरिएको हो ।  
त्यस्तै आयोगको सदस्यमा डा.दामोदर त्रिपाठी, डा.अमित देव, अधिवक्ता कृष्ण प्रसाई, वैज्ञानिक विजय अधिकारी, लेखाविज्ञ रमाकान्त झा, एक्च्युअरी सुजन नेपाली, मनोविज्ञ ललिता लिम्बू, गजेन्द्र ढकाललगायत छन् । 
स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक स्वागत नेपालले स्रोत नखुलेको सम्पतिका साथै राज्यका महत्वपूर्ण सूचना विदेशीका एजेन्टलाई बेच्नेहरुको नाम,ठेगाना, सूचना र इमेल सार्वजनिक गर्न ‘भूमिगत साइबर गुरिल्ला’ गठन गरिएको बताए । 

उनले भने,‘हामीले विगतमा बलात्कारको सिकार भएकी नारीहरुको लागि निःशुल्क रुपमा न्यायिक मैदानमा उभिएर बहस गर्यौं, भ्रष्ट,नैतिक पतन, समाजले बहिष्कार गरिएका व्यक्तिहरुलाई चुनावमा उठ्न नदिन आवाज बुलन्द गर्यौं, आज हामी मुलुकको महत्वपूर्ण मुद्दा लिएर नेपाली जनताको बीचमा छौं, स्रोत नखुलेको सम्पति र महत्वपूर्ण सूचनाहरु बेच्ने राष्ट्रघातीहरुको विरुद्धमा साइबर गुरिल्ला परिचालन गरेका छौं, नेता, पत्रकार, व्यापारी र अन्य व्यक्तिहरुका गोप्य सूचना सार्वजनिक गर्नको लागि अधिवक्ता दिनेशराज सत्यालको नेतृत्वमा नागरिक आयोग गठन गरेका छौं, यसमा सबै नागरिकको साथ रहने विस्वास लिएका छौं ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप