शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संवैधानिक परिषदको बैठक तेश्रो पटक स्थगित, पुस ५ गते बस्ने

मङ्गलबार, २५ मङ्सिर २०७५, १७ : २८
मङ्गलबार, २५ मङ्सिर २०७५

काठमाडौं– प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न डाकिएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा साँझ ५ बजे बोलइएको बैठक आगामी पुस ५ गते बस्नेगरी स्थगित भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले जानकारी दिए । 

बैठकले नयाँ प्रधानन्यायधीशका लागि न्याय परिषद्ले पठाएको नाममा छलफल गर्दै नियुक्तिका लागि सिफारिस गर्नेछ ।  संबैधानिक परिषदबाट सिफारिस भएको व्यक्ति संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति गर्ने संबैधानिक व्यवस्था छ । 

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अवकास पाउने भएकाले त्यसअघि नै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न परिषद्को बैठक बोलाइएको हो । 

यसअघि शनिबारलाई बोलाइएको परिषद बैठक स्थगित भएको थियो । प्रधानन्यायाधीशका लागि चोलेन्द्र शम्शेरण राणा र दीपक राज जोशीमध्ये एकलाई परिषदले सिफारिस गर्नुपर्ने छ । 

जोशीलाई संवैधानिक परिषदले सिफारिस गरेपनि संसदीय सुनुवाई समितिले अनुमोदन गरेको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप