गुणस्तरीय होटलहरू सृजना गर्दै ओयो
काठमाडौँ – होटेलहरुको श्रृंखला ओयोले गुणस्तरीय होटलहरुको सृजना गर्दै नेपालमा चर्चा बटुलेको छ । ओयो होटेल एशियामै पहिलो थिएल फेलोशिप (पेपाल संस्थापक पीटर थिएलद्वारा सुरु गरिएको) विजेता रितेश अग्रवालद्वारा सन् २०१३ मे मा सुरुवात गरिएको होटेल श्रृंखला हो ।
यो दक्षिण एसियाको सबैभन्दा ठूलो, चीनका शीर्ष १० मध्ये एक, र विश्वकै सबैभन्दा द्रुत गतिमा बढ्दोे होटल, घरहरू र बस्ने स्थानहरूको श्रृंखला हो र यो भारत, चीन, मलेशिया, नेपाल, यूके, संयुक्त अरब ईमाईरेट्स र हाल इन्डोनेशियामा पनि अवस्थित छ । एकभन्दा धेरै अवस्थामा यात्रीहरू र शहरवासीहरु स्थान, गुणस्तर र मूल्यमा सम्झौता गर्न बाध्य भएका हुन्छन् । यात्रुहरुको लागि अनुमानित, सस्तो, कुनै पनि समय उपलब्ध रहने बसाई व्यवस्थाहरु प्रदान गर्ने प्रतिज्ञाको साथ सन् २०१३ मा ओयोको सुरुवात भएको हो ।
पछिल्लो पाँच वर्षमा ओयोले वितरण, परिचालन र परिवर्तनकारी निर्माण क्षमताहरू बनाएको छ, जसले गर्दा ओयोले ३ ( १४ दिनको रेकर्ड समयमा नै होटलहरूलाई अनबोर्ड लिएर परिवर्तन गर्ने क्षमता राख्ने ओयोेले बताएको छ । ओयोको सिविल ईन्जिनियरहरूको बलियो टोलीले बिना ब्रान्डको होटलहरूको आवश्यक निर्माण र नवीकरणको काम गर्दछ र उनीहरूको गुणस्तरलाई बढाएर परिष्कृत बनाउँछ । बजेट अनुसारको कोठाहरूमा रहँदा गुणस्तर र उपलब्धतामा सम्झौता नपर्ने भन्दै ओयोल आफ्नो संजालमा रहेका सबै होटलहरूमा ग्यारेन्टीका साथ एकदम राम्रो ओयो अनुभव दिलाउने जनाएको छ ।
ओयोको भारत, चीन, मलेशिया, नेपाल, यूके, संयुक्त अरब ईमाईरेट्स र इन्डोनेशियाका ५०० भन्दा बढी शहरहरूमा १२,००० + होटेलहरूका ३३०,०००+ कोठाहरूमा फैलिएको छ । चीनमा ओयोले फ्रेन्चाइज् , म्यान्चाइज् र लीज्ड ढाँचा अन्तर्गत २६३+ शहरका २,६००+ होटलहरूमध्येका १,७३,००० + कोठाहरूमा अतिथिहरूलाई राख्दछ ।
नेपालमा मे २०१७ बाट सञ्चालन सुरु गरेको ओयोले आफ्नो श्रृंखला काठमाडौं र पोखराका १००+ होटलका १८००+ विशेष कोठाहरूसम्म विस्तार गरेको छ, जहाँ कोठाको मूल्य नेपाली रुपैयाँ ९९९ बाट सुरु भई २००० सम्म हुने गरेको छ । ओयोको हाल नेपालमा ४५ जना कर्मचारीहरु छन् । पोखरामा हालै आयोजित क्रिकेट खेल पोखरा प्रिमियर लीग (पीपीएल) को लागि ओयो आतिथ्य साझेदार पनि रहेको थियो ।
ओयÞोका सबै कोठाहरू स्तरिय हुने दावी ओयोको छ ।
एपमार्फत होटल छनोट गरि बुक गर्न सकिने साथै खाना र रूम सर्विसको अर्डर गर्नको लागि स्विफ्ट चेक(इनको अनुमति समेत दिइने ओयोले जनाएको छ । एक पटक बुकिङ गरिसकेपछि एपले अतिथिलाई सजिलै होटलको ठेगानामा नेभिगेट गर्ने अनुमति दिन्छ । यसले प्रयोगकर्ताहरूलाई सजिलै बुकिङ्ग हेर्न, व्यवस्थापन वा रद्द गर्न पनि सक्छन् । एपमा उपलब्ध धेरै पेमेन्ट गेटवेहरुको साथै अतिथिहरूले होटलमै तिर्न सक्ने विकल्प पनि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
-
सिस्टमले चलेको देश जापान
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी
-
साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने