बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

झापामा छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु

मङ्गलबार, २५ मङ्सिर २०७५, १९ : ४२
मङ्गलबार, २५ मङ्सिर २०७५

सुरुङ्गा । झापाको दमकमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । 

आज अपरा भारतीय ट्रकको ठक्करबाट पथरी शनिश्चरेका बाबुछोराको र साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । 

भारतीय ट्रकको ठक्करबाट मोरङ पथरी शनिश्चरे नगरपालिका– ९ का ६३ वर्षीय धनप्रसाद गिरी र उनका २९ वर्षीय छोरा हेमचन्द्रको मृत्यु भएको प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए । 

मोटरसाईकलमा सवार हेमचन्द्र चालक र बुबा धनप्रसाद पछाडि सवार थिए । ठक्करबाट सख्त घाइते दुवैको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एचआर २७ जे ०६२५ नम्बरको मालवाहक भारतीय ट्रकले सोही दिशातर्फ जाँदै गरेको को ३३ प ७९४५ नम्बरको मोटरसाइकललाई दमकको पश्चिम बस बिसौनी चोक सडकखण्डमा ठक्कर दिएको थियो । 

यस्तै ना ४ ख ३६८२ नम्बरको बसले मे २ प ३३०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक केरावारी गाउँपालिका–९ सिंहदेवीका ४८ वर्षीय देवीप्रसाद राईको मृत्यु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप