शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोनाल्डोलाई युभेन्ट्सको रात्री भोज

मङ्गलबार, २५ मङ्सिर २०७५, २० : ३६
मङ्गलबार, २५ मङ्सिर २०७५

एजेन्सी । इटालीयन सिरिए लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको युभेन्ट्सले खेलाडीलाई खुसी बनाउन सोमबार रात्री भोजको आयोजना गरेको छ । युभेन्ट्सले टोलीका प्रभावशाली स्ट्राइकर क्रिस्टयानो रोनाल्डोसहित अन्य खेलाडीलाई क्रिसमस डिनर दिएको हो । 

लिगमा १५औं चरणको खेलसँगै युभेन्ट्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । १४ जित र एक बराबरीको नतिजा निकालेको युभेन्ट्सको ४३ अंक छ । युभेन्ट्स दोस्रो स्थानमा रहेको नापोलीभन्दा आठ अंकले अगाडि छ । युभेन्ट्सका खेलाडीले आगामी खेलमा थप राम्रो गरुन भनेर क्रिसमस डिनर गराएको समाचार डेली मेलले प्रकाशित गरेको छ । 

रात्री भोजमा खेलाडी र पदाधिकारीले सँगै चेयर्स गरेका थिए । रोनाल्डोसहित प्राय खेलाडी औपचारिक पोशाकमा चिटिक्क परेर भोजमा गएका थिए । रोनाल्डो थ्रीपिस पोशाकमा सजिएर आफ्नी प्रमिका जर्जिना रोड्रीग्युजसँगै पार्टीमा सामेल थिए । 

लामो समय स्पेनिस क्लब रियल म्याड्रिडमा बिताएका रोनाल्डो यसै सिजन युभेन्ट्समा अनुबन्ध भएका हुन् । ३३ वर्षीय रोनाल्डोलाई युभेन्ट्सले एक सय मिलियन युरो पारिश्रमिकमा टोलीमा अनुबन्ध गरेको थियो । अहिले युभेन्ट्समा जमिरहेका रोनाल्डोले टोलीका लागि खेलेका १९ खेलमा ११ गोल समेत गरिसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप