शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सिलोनालाई बराबरीमा रोक्दै टोट्टनहाम दोस्रो चरणमा

बुधबार, २६ मङ्सिर २०७५, ०८ : ३६
बुधबार, २६ मङ्सिर २०७५

एजेन्सी — बार्सिलोनालाई उसैको घरमा १–१ गोलको बराबरीमा रोक्दै टोट्टनहाम च्याम्पियन्स लिगमा दोस्रो चरणमा प्रवेश गरेको छ ।

समूहको अर्को खेलमा इन्टर मिलान र पीएसभीले पनि समान १–१ गोलको बराबरी खेलेपछि टोट्टनहामको अघिल्लो यात्रा सहज बनेको हो ।

ओउसमाने डिम्बालेले सातौं मिनेटमा गोल गर्दै घरेलु टोली बार्सिलोनालाई अगाडी बढाएका थिए । त्यसपछि रक्षात्मक देखिएको बार्सिलोनामाथि टोट्टनहाम आक्रामक देखियो । 

टोट्टनहामका हेरी केन र ह्युङ मिन सनले लगातार पोस्ट प्रहार गरेपनि पहिलो हाफमा गोल गर्न सकेनन् । पहिलो हाफमा बार्सिलोनाले पनि थप गोल गर्ने अवसर गुमाएको थियो ।

बार्सिलोनाले दोस्रो हाफमा लियोनल मेस्सीलाई खेलाएको थियो । उनले पनि खासै प्रभाव देखाउन सकेनन् । ८५औं मिनेटमा टोट्टनहामका लुकास मोउराले गोल गर्दै टोलीलाई दोस्रो चरणमा पुर्याए । टोट्टनहाम यसअघि आफ्नो घरेलु मैदानमा बार्सिलोनासँग ४–२ गोलले पराजित भएको थियो ।

बार्सिलोनाले यस जितसँगै च्याम्पियन्स लिगमा घरेलु मैदानमा २९ खेलसम्म अपराजित नतिजालाई कायम राखेको छ । बार्सिलोनाले पछिल्ला २९ खेलमा २६ जित र तीन बराबरी गरेको छ ।

समूह बी को बार्सिलोना विजेता र टोट्टनहाम उपविजेताको रुपमा अर्को चरण प्रवेश गरे ।  बार्सिलोनाले १४ अंक रहेको छ । टोट्टनहाम र इन्टर मिलानले समान ८ अंक बनाए । टोट्टनहाम जोड्यो । अवे गोलका आधारमा अघिल्लो चरणमा पुग्यो । अन्तिम खेलमा पीएसभीसँगको बराबरी इन्टरका लागि घातक बन्यो । पीएसभी २ अंकमा सिमित बन्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप