शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मीका सिंहको फेरि अर्को काण्डः १७ वर्षीया मोडललाई अश्लिल तस्बिर पठाएको आरोपमा पक्राउ

बुधबार, २६ मङ्सिर २०७५, ०९ : ०८
बुधबार, २६ मङ्सिर २०७५

एजेन्सी – भारतका चर्चित गायक मीका सिंह दुबईमा पक्राउ परेका छन् । उनी ब्रालिलकी १७ वर्षीया मोडललाई यौन शोषण गरेका आरोपमा पक्राउ परेका हुन् । 

अघिल्लो साता बिहिबार दुबईको मुरक्काबात पुलिसले राति ३ बजे उनलाई पक्राउ गरेका थियो । उनीमाथि १७ वर्षीया मोडललाई अश्लिल तस्बिर मेसेज गरेको आरोप लागको छ । उनी एक कार्यक्रमका लागि दुबई गएका थिए । 

मीका विभिन्न कारणले विवादमा आइरहन्छन् । उनी स्टेजदेखि लिएर सडकसम्म अनेक हर्कतका कारण विभिन्न समयमा निकै विवादमा समेत तानिएका थिए । 

सन् २००६ मा राखी सावन्तको जन्मदिनको अवसरमा केट काटेपछि राखीलाई ओठका चुम्बन गरेपछि भएको तनावले राखी अदालतसम्म पुगेकी थिइन् । 
 
त्यतिमात्र होइन उनी स्टेज कार्यक्रममा गरेको व्यवहारका कारण पनि विवादमा आएका थिए । २०१५ मा नयाँ दिल्लीमा भएको एक कार्यक्रममा उनले एक जना डाक्टरलाई थप्पड हानेका थिए । कार्यक्रममा युवतीहरुको समूहमा नाँच्न रोक्दा रोक्दै पनि डाक्टरले नमानेपछि उनलाई थप्पड हानेको मीकाको आरोप थियो । 

त्यस्तै उनले २०१४ मा सडकमा रिक्सालाई ठक्कर दिएको आरोपमा ‘फाइन’ तिरेका थिए । उक्त रिक्सामा रहेका केही यात्रुपनि घाइते भएका थिए । तर उनले आफूले गाडी नचलाएको भन्दै सफाई दिएका थिए । 
 
उनीमाथि ‘कस्टम’ चोरी गरेको आरोप पनि लागको थियो । सन् २०१३ मा उनलाई मुम्बई एयरपोर्टमा भारी मात्रामा विदेशी मुद्रासहित आएका थिए । ग्रीन प्यानल पार गर्ने समयमा उनलाई कस्टम कर्मचारीले पक्राउ गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप