बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डर्टमन्ड बन्यो समूह विजेता

बुधबार, २६ मङ्सिर २०७५, ०९ : ३४
बुधबार, २६ मङ्सिर २०७५

एजेन्सी — जर्मन क्लब बोरुसिया डर्टमन्ड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गत मंगलबार राती भएको खेलमा डर्टमन्डले फ्रेन्च क्लब मोनाकोलाई २–० गोलले हरायो ।डर्टमन्डको जितमा दुवै गोल राफेल गुरेईरोले गरे ।

राफेलले १५औं र ८८औं मिनेटमा गोल गरेका थिए । समूहमा १३ अंक बनाएको डर्टमन्डले समान १३ अंक बनाएको एट्लेटिको म्याड्रिडलाई पछि पारेको हो । मंगलबार राती भएको खेलमा एट्लेटिको क्लब बर्गसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

टर्डमन्ड समूह विजेता र एट्लेटिको पविजेता बन्यो । ६ अंक बनाएको क्लब बर्ग र एक अंकमा सिमित मोनाको बाहिरिए ।

यसैगरी समूह ‘डी’ बाट एफसी पोर्टो विजेता र साल्के उपविजेता बन्दै नकआउच चरणमा पुगेका छन् ।

मंगलबार राती पोर्टोले गालाटासारेलाई उसैको मैदानमा ३–२ गोलले हरायो । अर्को खेलमा साल्केले लोकोमोटिभ मोस्कोलाई १ –० गोलले हरायो । समूहमा पोर्टोले १६ र साल्केले ११ अंक बनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप