बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सलाहको एकमात्र निर्णायक गोलमा लिभरपुल नकआउट चरणमा

बुधबार, २६ मङ्सिर २०७५, १० : ३४
बुधबार, २६ मङ्सिर २०७५

एजेन्सी – मोहमद सलाहको एकमात्र निर्णायक गोलमा इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । 

समूह ‘सी’ अन्तर्गत मंगलबार राती भएको खेलमा लिभरपुलले इटालियन क्लब नापोलीलाई १–० गोलले हरायो । लिभरपुलको कठिन जितमा सलाहले ३४औं मिनेटमा गोल गरेका थिए । यस समूहबाट फ्रेन्च टोली पेरिस सेन्ट जर्मन (पीएसजी) समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको छ । मंगलबार राति नै भएको खेलमा पीएसजीले एफके कर्भेना जाभेज्डालाई ४–१ गोलले हरायो । 

जाभेज्डाको मैदानमा भएको खेलमा पीएसजीका एडिन्सन काभानीले १०औं, नेयमारले ४०औं, मार्किन्होसले ७४औं र केलियन एमबाप्पेले खेलको अन्तिम समयमा एक गोल गरे । जाभेज्डाका मार्को गोबेल्जिकले ५६औं मिनेटमा एक गोल फर्काएका थिए । 

जितसँगै समूह विजेता बनेको पीएसजीले ११ अंक बनायो । नौ अंक बनाएको लिभरपुल उपविजेता बन्दै नकआउट चरयामा पुग्यो । समान नौं अंक बनाएको नापोली लिभरपुलसँग हेड टु हेडको आधारमा पछि पर्दै बाहिरिन बाध्य बन्यो । चार अंक बनाएको जाभेज्डापनि बाहिरियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप