शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

देउवा नआएपछि आजको संवैधानिक परिषद् बैठक स्थगित

बुधबार, २६ मङ्सिर २०७५, १० : ३७
बुधबार, २६ मङ्सिर २०७५

काठमाडौँ । पटक–पटक सर्दै आएको संवैधानिक परिषद्को बैठक आज पनि बस्न सकेन । आज बिहान नौ बजेका लागि बोलाइएको बैठकमा परिषदका सदस्य प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि आजका लागि बोलाइएको बैटक बिहीबार बिहान नौ बजे बस्नेगरी स्थगित भएको हो । 

यसअघि पनि परिषद बैठक पटक पटक स्थगित हुदै आएको थियो । आज प्रधानमन्त्रीसहित सवै सदस्य बैठकमा सहभागि हुन सिंहदरवार पुगेपनि सभापति देउवाले अन्तिम अवस्थामा कार्यव्यस्तताका कारण आउन नसक्ने जानकारी गराएपछि बैठक स्थगित गरिएको राष्ट्रिय सभाका अध्यक्ष तथा परिषद सदस्य गणेश तिमल्सिनाले जानकारी दिए । 

यसअघि मंगलबार बस्ने भनिएको बैठक पुष ५ गतेका लागि सारिएको भएपनि बैठक पुनः आजका लागि बोलाइएको थियो ।

बैठकका लागि प्रधानमन्त्री सवा नौ बजे नै सिंहदरवार आइसकेको प्रधानमन्त्री ओलीका प्रेश संयोजक चेतन अधिकारीले जानकारी दिए । 

बैठकमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने विषयमा छलफल हुनेछ ।  

मंसिर १७ गते बसेको परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दल काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा केन्द्रीय समिति बैठकका कारण चाँडै बाहिरिएपछि बैठक २२ गतेलाई सरेको थियो । 

२२ गतेपनि बस्दै नबसि २५ गतेलाई सारिएयो २५ गते विहान ११ बजेका लागि बोलाइएको बैठक पुन साँझ ५ बजेलाई सारिएको थियो । तर, साँझ ५ बजे बैठक नबसि आगामी पुष ५ गतेका लागि सारिएपनि समय परिवर्तन गर्दै आज बुधबारलाई बैठक बोलाइएको थियो । तर आज पनि बैठक बस्न नसकेपछि पुन भोलिका लागि बैठक राखिएको हो ।  

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले त्यसअघि नै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न परिषद् बैठक बोलाइएको हो । 

न्याय परिषदले प्रधानन्यायाधीशका लागि न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम संवैधानिक परिषदमा पठाइसकेको छ । संसदीय सुनुवाई समितिले जोशीलाई यसअघि नै प्रधानन्यायाधीशका लागि अस्वीकृत गरेको थियो । 

सिफारिस भएका जोशी र राणामध्ये एकलाई सिफारिस गर्नुपर्ने बाध्यता छ । तर, जोशी संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत र राणा निकै विवादमा रहेका कारण परिषदलाई निर्णय गर्न कठिनाई हुने देखिएको छ । 

यद्यपि जोशीलाई कामु दिएर आगामी असारपछि प्रधानन्यायाधीश नियुक्त गर्न सक्ने विकल्प भने सरकारसँग कायमै छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप