वैंकको एटीएम तोडफोड गर्ने १ जना पक्राउ
बुधबार, २६ मङ्सिर २०७५, १० : ५१
काठमाडौं–राजधानीको बानेश्वरस्थित मुक्तिनाथ विकास बैंकको एटीएम तोडफोडमा संल्यन रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहको सुखीपुर न.पा.वडा नं ६ घर भएका १८ वर्षीय किशोर यादव रहेको प्रहरीले जनाएको छ ।
मंसिर ११ गते राती १ बजे चोरी गर्ने उद्देश्यले यादवले एकटीएम तोडफोड गरेको खुल्न आएको प्रहरीले जनाएको छ । घटनाबारे महानगरीय प्रहरी वृत्त वानेश्वरमा उजुरी परेपछि सीसीटीभी फुटेजको आधारमा प्रहरीले यादवलाई पक्राउ गर्न सफल भएको हो ।
यादवलाई प्रहरी वृत्त वानेश्वरमा ल्याई चोरी कसुर अन्तर्गत मुद्दामा म्यादथप गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ