होटल सोल्टीले लगानीकर्तालाई दिने २६ प्रतिशत लाभांश पारित गराउन बोलायो साधारण सभा
काठमाडौं– क्राउन प्लाजा काठमाडौं– सोल्टी (होटल सोल्टी)ले आफ्ना लगानीकर्तालाई नगद लाभांश र बोनस सेयर दिने भएको छ ।
कम्पनीले २६ प्रतिशत लाभांश पारित गराउन पुस २६ गतेलाई साधारणसभा बोलाएको छ । होटलले गत आर्थिक बर्षको नाफाबाट १६.३१ प्रतिशत नगद लाभांश वित्तरणको प्रस्ताव पारितका लागि साधारणसभामा प्रस्तुत गर्नेछ ।
यसैगरी कम्पनीले प्रत्येक १० कित्ता सेयर बराबर थप एक कित्ताका दरले (१० प्रतिशत) बोनस सेयर वित्तरण गर्ने विशेष प्रस्ताव समेत साधारणसभामा लैजाने छ । कम्पनीको ४४औ बार्षिक साधारण सभाको प्रयोजनका लागि मंसिर २६ गतेदेखि पुसा २६ गतेसम्म सेयर दाखिला खारेज बन्द हुनेछ ।
गत वर्ष (२०७४/०७५) होटलको कुल आम्दानी १.४४ प्रतिशतले बढेको छ । सोल्टी होटलको चुक्ता पुँजी ६६ करोड ६० लाख ६३ हजार ७ सय ४० रुपैयाँ छ । बोनस सेयर वित्तरण पछि होटललको चुक्ता पुँजी ७३ करोड २६ लाख ७० हजार ११४ रुपैयाँ पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ