बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुर आइपुगे उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ

बुधबार, २६ मङ्सिर २०७५, ११ : २३
बुधबार, २६ मङ्सिर २०७५

काठमाडौँ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेका छन् ।

रामजानकी विवाह पञ्चमीमा भाग लिन योगी आज विशेष विमानबाट जनकपुर आइपुगेका हुन् ।

यहाँबाट उनी ११ः३० बजे जानकी मन्दिरमा पूजापाठका लागि जानेछन् । 

३० मिनेट पूजा गरेर उनी जनकपुरको मधेश भवनस्थित मुख्यमन्त्रीको सरकारी निवासमा जानेछन् । त्यहाँ उनलाई मैथिली परम्परा अनुसार स्वागत सत्कार गर्नुको साथै भेटघाटका कार्यक्रम पनि बन्दोवस्त गरिएको छ । 

१२ः३० वजे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिने दिवा भोजमा सरिक हुनेछन् । २ बजेसम्म दिवा भोज लगायत भेटघाटका कार्यक्रम समेत त्यहाँ राखिएको छ । 

दिवा भोजपछि उनी २ः३० बजे जनकपुरको बाह्रविघामा रामजानकी स्वयंवरमा सहभागी हुन जानेछन् । उनी त्यहाँ ३ः३० वजेसम्म रहने कार्यक्रम रहेको छ । 

त्यसपछि उनी जनकपुरको विमानस्थल आएर आफ्नो विषेश विमानबाट उनी उत्तर प्रदेशको लखनउ फर्किने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप