शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१६ औं किम्फमा अफगानी फिल्म बन्यो उत्कृष्ट

बुधबार, २६ मङ्सिर २०७५, ११ : २८
बुधबार, २६ मङ्सिर २०७५

काठमाडौं – १६ औं अन्तराष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)मा फिल्म घोषित भएको छ । १५ सय अमेरिकी डलर जित्न सफल साहरा मनीका निर्देशित फिल्मले बुबाबाट पटक–पटक बलात्कृत भएकी अफगान महिलाले न्यायका लागि गरेको संघर्षको देखाएको छ । 

राष्ट्रिय सभागृहमा आयोजित फिल्म महोत्सव फिल्म ‘द नेक्स्ट गार्डियन’ दोस्रो र ‘इस्टर्न मेमोरिज’तेस्रो भए । यी दुबै फिल्ममले क्रमस एक हजार र पाँच सय अमेरिकी डलर प्राप्त गरे।

नेपाल पानोरामा अन्तर्गत आख्यानमा अविनाश विक्रम शाहको ‘तटिनी’ र गैरआख्यान विधामा विद्या चापागाईं र कमल कुमारको ‘मरिसकेको मान्छे’ उत्कृष्ट ठहरिए । उनीहरूले क्रमशः एक लाख र ७५ हजार जितेका छन् । मुनमुन धलेरियाको ‘एन अनसर्टेन विन्टर’ले इसिमोड उत्कृष्ट पर्वतीय फिल्मको अवार्ड जित्दै एक हजार अमेरिकी डलर समेत गरेको छ ।

किम्फका अध्यक्ष वसन्त थापाले महोत्सवले धेरैलाई राष्ट्रिय र अन्तरष्ट्रिय फिल्मबारे जानकारी दिने बताउदै हरेक किम्फले फिल्म हेर्ने माहोल बनाएको बताए । उनी अर्काे बर्षपनि किम्फ गर्ने बाँचा सहित बिदा भए ।

महोत्सवमा प्रसुना डंगोलको ‘डोल्पा डायरी’ले उत्कृष्ट साहसिक फिल्म घोषित हुँदै एक हजार अमेरिकी डलर पाउदा बुद्ध दर्शनमा विद्यावारिधि गरेका निर्देशक सेनाङ ग्याम्जो तामाङको ‘सुपर मंक’ले अडियन्स अवार्ड पाउँदै ५० हजार जितेको थियो ।

१६औं संस्करणको किम्फमा नेपालसहित ३१ देशका ७० भन्दा बढी डकुमेन्ट्री, सर्ट फिल्म, कथानक फिल्म, लघु फिल्म, प्रयोगवादी र एनिमेसन फिल्महरु प्रदर्शन गरिएको थियो । यसपटक नेपाली पानोरामा अन्तर्गत २० फिल्महरू प्रदर्शन भए । 

‘वुमन मुभ माउन्टेन्स’ नारा लिएको यसवर्षको किम्फले ‘ट्राभेल इज एन अटिच्युड’ शीर्षकमा आयोजना गरेको सर्ट फिल्म प्रतियोगिता सुजन गौतमको ‘मी एन्ड माई इन्डेभर’ ले उत्कृष्ट हुँदै २५ हजार जितेको थियो।

‘केन्डल माउन्टेन फिल्म फेस्टिभल’का कला निर्देशक क्लेर जेन कार्टर, अष्ट्रेलियन फिल्मकर्मी जोलियन हफ र नेपालका निर्देशक छिरिङ रितार शेर्पा महोत्सवको जुरीमा रहेका थिए । 

‘किम्फ डक लाइभपिच’ विद्या चापागाईको ‘माउन्टेन गार्ड’ ले दुई हजार पाउन्डको पुुरस्कार जितेको थियो ।

फेस्टिभलकी निर्देशक रम्यता लिम्बुले यसवर्ष किम्फमा महिलाहरु सक्रिय भएर निर्माण भएका फिल्म प्रदर्शन भएको बताइन् । 

महोत्सवमा नेपाली फोटोग्राफर उमा बिष्टको ‘आइ एम प्योर’ र पौलोमी बासुको ‘ब्लड स्पिक्स अ रिच्युएलअफएक्जाइल’ शीर्षकमा फोटोहरु प्रोजेक्टर मार्फत प्रदर्शनी समेत गरियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप