शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘गोपी’को फस्टलुकमा यस्तो देखिए अभिनेता विपिन

बुधबार, २६ मङ्सिर २०७५, ११ : ३०
बुधबार, २६ मङ्सिर २०७५

काठमाडौं – पत्रकार समेत रहेका दिपेन्द्र लामाको निर्देशन रहेको चलचित्र ‘गोपी’को फस्टलुक सार्वजनिक गरिएको छ । 

निर्देशक लामाले चलचित्रको फष्टलुकको रुपमा प्रचारका लागि तयार गरिएको ४ पोष्टर सार्वजनिक गरेका हुन् । 

विपिन कार्कीको मुख्य भुमिका रहेको चलचित्रको सबै पोष्टरमा  विपिनको उपस्थिति छ । एउटा पोस्टरमा मात्र चलचित्रका दुई अभिनेत्री वर्षा राउत र सुरक्षा पन्तलाई समावेश गरिएको छ ।

आरोही केसीको लगानी रहेको ‘गोपी’मा विपिनले गाई पाल्ने किसानको भूमिका निर्वाह गरेका छन् । पोस्टरमा उनको पेशा झल्किने गरी गाई र दूधको क्यानलाई प्राथमिकता दिइएको छ ।

१८ माघमा रिलिज हुने तय भइसकेको चलचित्रको पोष्टर विपिनको सडक दुर्घटनाका कारण निर्धारित समयभन्दा पछाडि रिलिज गरिएको निर्देशक लामाले बताए । विपिनलाई यसै हप्ता गाईफार्ममा लगेर फोटो सुट गरिएपछि मात्र पोस्टर तयार पार्न सकिएको निर्देशक लामाको भनाई रहेको छ । 

आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रमा पटकथा सामिप्यराज तिमल्सिनाले लेखेका छन् । त्यस्तै कार्यकारी निर्माता श्रीधर पौडेल, छायाँकार शैलेन्द्र डि कार्की र सम्पादक निमेष श्रेष्ठ रहेका छन् ।
चलचित्रमाविप्लव प्रतीक र बुद्धिसागरले लेखेका गीतलाई न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहले कम्पोज गरेका छन् । पाश्र्व संगीत रोहित शाक्यको सुन्न सकिन्छ । 

प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल, केशव राई लगायतले पनि चलचित्रमा अभिनय गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप