शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एसिया प्रशान्त सम्मेलनमा बृहस्पति विद्या सदनले जित्यो रजत पदक

बुधबार, २६ मङ्सिर २०७५, १३ : ३१
बुधबार, २६ मङ्सिर २०७५

काठमाडौँ –  युवा वैज्ञानिक (एपीसीवाईएस) को सातौँ एसिया प्रशान्त सम्मेलन सम्पन्न भएको छ । सम्मेलन थाइल्याण्डको वाङ्गच्याङ उपत्यकास्थित कामनोत्विदय साइन्स एकेडेमीमा डिसेम्बर ५ देखि १० सम्म सञ्चालन भएको हो ।

सम्मेलनमा विभिन्न क्षेत्र जस्तै इन्जिनियरिङ, जीवन विज्ञान, गणित, वातावरण, भौतिकशास्त्र, कम्प्युटर जस्ता विभिन्न विद्याबाट २० वटा देशले सहभागिता जनाएका थिए । सहभागीलाई पोस्टर र मौखिक प्रस्तुतीको आधारमा छानिएको थियो ।

जसमा बृहस्पती विद्या सदनले आफ्नो प्रस्तुनी इन्जिनियरिङ विद्याबाट गरेको थियो । ‘नेत्रहिनका लागि आविस्कार’ भन्ने नारा रहेको उक्त परियोजनाको राजेश श्रेष्ठको नेतृत्वमा सुजल राजभण्डारी र कृष्ण पोडारले प्रतिनिधित्व गरेका थिए ।

सम्मेलनमा इन्जिनियरिङ क्षेत्रमा १३ वटा प्रस्तुती रहेका थिए । जसमा बृहस्पती विद्या सदनले रजत पदक र प्रमाण पत्र प्राप्त गर्न सफल भयो । त्यस्तै जापानले स्वर्ण पदक जित्न सफल भयो । 
त्यसैगरी पर्यावरण विज्ञानमा पनि नेपालले एक रजत र कास्य पदक जितेको थियो । 

नेपाली टीम आज (बुधवार) त्रिभुवन अन्तराृष्ट्रिय विमानस्थल आइपुग्ने बृहस्पती विद्या सदनकी मिडिया संयोजक डोल्मा लामाले जानकारी दिइन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप