नेपाली कला र संस्कृतिमाथि बाह्य प्रभाव बढ्दै गएकोमा उपराष्ट्रपतिको चिन्ता
काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली भाषा, कला र संस्कृतिको संरक्षणमा जोड दिन सबैलाई आह्वान गरेका छन् । उपराष्ट्रपति पुनले नेपालको मौलिक भाषा, कला र संस्कृतिमाथि बाह्य प्रभाव बढ्दै गएकोमा चिन्ता समेत व्यक्त गरे ।
बुधबार काठमाडौंमा आयोजित कला र संस्कृतिसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले नेपालको मुख्य पहिचानको रुपमा रहेको भाषा, कला र संस्कृतिको संरक्षण गर्नु सबै नेपालीको कर्तव्य भएको पनि स्मरण गराए । उपराष्ट्रपति पुनले नेपालको कला र संस्कृतिको संरक्षण नभए नेपालनै नरहने अवस्था आउनेतर्फ पनि सचेत गराए ।
उनले नेपालको कला र संस्कृति विश्वकै सम्पत्ति भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समूदायलाई पनि यसको संरक्षणका सहयोग गर्न अपिल गरे । ‘कला र संस्कृतिमा सबैको पहुँच, नेपाल’ ले आयोजना गरेको सो कार्यक्रममा वरिष्ठ हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई ‘लाईफटाईम एचिभमेन्ट अवार्ड’द्धारा सम्मान गरिएको थियो ।
त्यस अवसरमा उपराष्ट्रपति पुनले नेपालको भाषा, कला र संस्कृतिको संरक्षणमा मह जोडीले पुर्याएको योगदानको पनि चर्चा गरेका थिए । कार्यक्रममा नेपालको विभिन्न भाषा, कला र संस्कृति झल्कने खालका प्रस्तुति पनि प्रस्तुत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट