शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कमेडियन कपिल शर्मा अब रहेनन् सिङ्गल, आज विवाह बन्धनमा बाँधिँदै

बुधबार, २६ मङ्सिर २०७५, १६ : ०८
बुधबार, २६ मङ्सिर २०७५

जालन्धर– चर्चित कमेडियन कपिल शर्मा आज आफ्नी प्रेमिका गिन्नी चतरथसँग विवाह बन्धनमा बाँधिदैछन् । उनको वैवाहिक कार्यक्रम कबाना रिसाेर्टमा तय गरिएको छ । भारतीय अनलाइन दैनिक भास्करका अनुसार विहेको लाइभ भिडियो कपिल शर्माको यूट्यूव च्यानलमा हेर्न सकिन्छ । 

समाचारअनुसार वैवाहिक समारोहमा बलिउड सेलिब्रेटीका साथै उनका निकटस्थहरुको सहभागिता रहनेछ ।  

कतिपय सञ्चारमाध्यमले कपिलले यसअघि वैवाहिक बन्धनमा बाँधिएका दीपिका–रणवीर तथा निक प्रियंकाको जस्तै रिती–रिवाजअनुसार हुने जनाएका छन् ।

यद्यपि कपिलका साथी सन्धूले भने कपिल–गिन्नीको बिहे हिन्दू परम्पराअनुसार मात्रै हुनेछ । 

यसैबीच १८ डिसेम्बरमा अमृतसरमा कपिलले रिसेप्सन दिने जनाइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप