नबिल बैंकद्वारा क्यूआर कोड प्रणालीको शुभारम्भ, युनियन पे ईन्टरनेशनलसँग सहकार्य
काठमाडौं –नबिल बैंकद्वार युनियन पे इन्टरनेशनल र रोजगारी सर्भिसेज प्रा.लि.सँगको समन्वय तथा सहकार्यमा ‘युनियन पे इन्टरनेशनल क्यूआर कोड पेमेन्ट सर्भिस’ शुभारम्भ गरेको छ ।
बैंकले अग्रणी अन्तर्राष्ट्रि भुक्तानी प्रणाली युनियन पे इन्टरनेशनल र नेपालकै उत्कृष्ट रिक्रुटमेन्ट सलुसन कम्पनी रोजगारी सर्भिसेजले क्विक रेसपोन्स (क्यूआर) मरचान्ट विकासको लागि गठबन्धन गरेका हुन् ।
‘क्यूआर कोड पेमेन्ट सर्भिस’ भुक्तानी सेवा तथा नेटवर्क विकासमा एक अर्काका विषेशज्ञताहरुलाई एकै ठाउँमा ल्याई अझ विकास गर्नमा यो गठबन्धनले जोड दिने बैंकले जनाएको छ । रोजगारी सर्भिसेज प्रा. लि. ले नबिल बैंकको लागि देश भरि नै क्विक रेसपोन्स (क्यूआर) मरचान्ट नेटवर्क सेवा विकास तथा विस्तार गर्नेछ जस मार्फत ग्राहकहरुले आफ्नो मोवाईल मार्फत क्यूआर कोड को प्रयोग गरी सजिलैसँग भुक्तानीको प्रकृया गर्न सक्नेछन् ।
नेपालमा नै प्रथम पटक शुरुवात गरिएको क्यूआर मरचान्ट मार्फत क्यूआर कोडको प्रयोग गरी नबिल बैंकसंग आबद्ध नेपाली व्यवसायीहरुले बिद्युतिय सेवा मार्फत सरल तथा सुरक्षित वातावरणमा आफ्नो उत्पादन र सेवाहरूको बिक्रि तथा भुक्तानी लिन सक्नेछन् ।
क्विक रेसपोन्स (क्यूआर) कोड एक प्रकारको म्याट्रिक्स बारकोड (वा दुई–आयामी बारकोड) हो । बारकोड मेशिनद्वारा सजिलै पहिचान गर्न सकिने अप्टिकल लेबल हो, जसमा संलग्न भएको वस्तुको बारेमा जानकारी समावेश गरिएको हुन्छ ।
क्यूआर कोडमा सेतो पृष्ठभूमिमा कालो स्वायर ग्रिडहरु हुन्छन् जसलाई रिड सलुसनको प्रयोग गरी छविको रूपमा इमेजिङ यन्त्र जस्तै क्यामेराद्वारा पढेर प्रशोधन गरि कारोबार गर्न सकिन्छ । क्यूआर कोड प्रणाली मार्फत उपभोक्ताहरूले व्यापारीक बिक्री केन्द्रमा रहेको क्यूआर कोडलाई आफ्नो फोनबाट नै स्क्यान गरि आफूले रोजेको सामान र सेवाहरूको भुक्तानी गर्न सक्नेछन् ।
नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल कुमार खनालले भने, “यो सेवाले नेपालमा डिजिटल बैंकिङ्गलाई बढावा दिन कोशेढुंगा साबित हुने विश्वास राखेका छौं । साथै नेपालमा डिजिटल बैंकिङ्ग विकास र आफ्ना ग्राहकहरुलाई अभिनव भुक्तानी सेवा प्रदान गर्नकँ लागि हामी भुक्तानीको बिषयमा निरन्तर कार्य गरिरहेका छौं र गरिरहने छौं । यो समन्वय तथा साझेदारीले नेपालको बैंकिङ्ग सेवामा क्विक रेसपोन्स (क्यूआर) सेवालाई देशभरीनै अझ माथिल्लो तहमा विस्तार हुनलाई वातावरण निर्माण गर्नेमा विश्वास गर्दछौं ।”
यूनियनपे इंटरनेशनल
युनियन पे इंटरनेशनल (यूपीआई) अन्तरराष्ट्रीय भुुक्तानी गर्ने संगठन चाइना युनियन पेको एक सहायक संस्था हो । यूपीआईले विश्वभरि २,००० भन्दा बढी संस्थाहरूको साथ साझेदारी गरेको छ । यूपीआईद्वारा जारी कार्डहरु १७१ देशहरुमा स्विकार्य हुनुको साथै ५० वटा देशहरुबाट जारी भई रहेका छन् । विश्वको सबैभन्दा ठूलो कार्ड प्रयोगकर्ताहरुको संरचना रहेको युनियनपे इन्टरनेशनलले उच्च गुणस्तर, लागत प्रभावी र सुरक्षित अन्तरदेशीय भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।
रोजगारी सर्विसेज
रोजगारी सर्विसेज मानव सम्साधन सेवा प्रदायक अग्रणी संस्था हो जसले रोजगारदाता र कामदारबिच सेतुको काम गरी देशमा प्रथमत रोजगारी दर अभिब्रिद्धी गर्ने उद्देश्यका साथ सहज र प्रणलिगत रुपाबसरहरु प्रदान गर्दछ । मानव सम्साधन सेवामा बिग्यता सहित रोजगारिको काठमाडौं, इटहरी, पोखरा र बुटवलमा गरी चार रणनितीक स्थानमा उपस्थिती रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर सहितका प्रतिवादीको निवेदनमाथि सुनुवाइ पुरा
-
कृष्ण कँडेलको फेसबुक आइडी ह्याक
-
मुख्यमन्त्री जम्कट्टेललाई एकीकृत समाजवादीको काउन्टर
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल