शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकद्वारा वुमन एक्टलाई आर्थिक सहयोग

बुधबार, २६ मङ्सिर २०७५, १६ : ४२
बुधबार, २६ मङ्सिर २०७५

काठमाडौं –सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वुमन एक्ट नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ ।

वुमन एक्टको केन्द्रिय कार्यालय टुसाल महाराजगंजमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समुपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले १ लाखको चेक संस्थाका संचालक सृजना अधिकारीलाई हस्तान्तरण गरे ।

भुकम्प प्रभावित क्षेत्रका महिलाहरूलाई आर्थिक रूपले सबल बनाउनका निम्ति उक्त रकम प्रयोग गरिने संस्थाका संचालक अधिकारीले बताए । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप