शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुई सय रुपैयाँको दही चोरीमा ७० हजारको डिएनए जाँच

बिहीबार, २७ मङ्सिर २०७५, ०८ : ५५
बिहीबार, २७ मङ्सिर २०७५

एजेन्सी – ताइवानको ताइपेस्थित चाइनीज कल्चर विश्वविद्यालयमा अध्ययनरत एक छात्राको दही चोर पत्ता लगाउन ७० हजार खर्च भएको छ । 

छात्राले ताइवान पुलिसलाई आफ्नो फ्रिजबाट हराएको दही कसले चोरेको हो पत्ता लगाउन बारम्बार आग्रह गरेपछि पुलिसले औँठाछाप समेत जाँच गर्नुप¥यो । 

छात्राले ताइवान पुलिसमा फ्रिजबाट दही चोरी भएको रिपोर्ट लेखाइन् ।  पुलिसले दही चोर पत्ता लगाउन औँठाछापदेखि डिएनए परिक्षण गरेर चोर पत्ता लगाएपछि पुलिस विवादमा तानिएको छ । 

आश्चर्यको कुरा त के छ भने ताइवान पुलिसले २०० रुपैयाँको दहीको लागि लगभग ७० हजारको परिक्षण गरेको थियो । 

विश्वविद्यालयकी छात्राले फ्रिज खाल्दा उनको दही गायब भएपछि सँगै बस्ने अरु ५ जना साथीलाई दही हराएको कुरा सुनाइन् तर उनीहरुले आफूहरुलाई थाहा नभएको बताएपछि उनी रिसाउँदै पुलिसमा रिपार्ट लेखाउन गइन् ।  

सुरुमा पुलिसले खाली दहीको बोतलको फिङ्गरप्रिन्ट जाँच गर्यो तर चोर पत्ता लगाउन सकेन र विस्तृत परिक्षणको लागि डिएनए परिक्षण गर्दा चोर पक्राउ गर्न सफल भएको थियो । 
    
परिक्षणमा १८००० ताइपेइ डलर खर्च गरेको छ । जुन नेपाली रुपैयाँमा झण्डै सत्तरी हजार हो । जबकि दहीको मूल्यचाहिँ जम्मा ५९ ताइपेइ डलर पर्छ । जसको मूल्य झण्डै दुई सय रुपैयाँ पर्दछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप