शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स लिग फुटबलः सिटी समूह विजेता बन्दै नकआउट चरणमा

बिहीबार, २७ मङ्सिर २०७५, ०९ : १७
बिहीबार, २७ मङ्सिर २०७५

एजेन्सी – म्यानचेस्टर सिटी समूह ‘एफ’ को विजेता बन्दै युईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।  

बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा सिटीले जर्मन क्लब होफेनहेमलाई २–१ गोलले हरायो । घरेलु मैदानमा सिटीको जितमा दुवै गोल लोराइ सानेले गरे । सानेले ४५औं र ६१औं मिनेटमा गोल गरेका थिए । 

होफेनहेमका आन्द्रेज कर्मारीकले १६औं मिनेटमा पेनाल्टी मार्फत सुरुमै गोल गरेका थिए । जितसँगै सिटीले १३ अंक जोड्यो । तीन अंक बनाएकको होफेनहेम पुछारमा राहँदै बाहिरियो । यही समूहको अर्को खेलमा लियोनले सक्तर डोनेक्स्टलाई १–१ गोलको बराबरीमा रोक्यो । आठ अंक बनाएको लियोन समूह उपविजेता बन्दै नकआउच चरणमा पुग्यो । ६ अंक बनाएको सक्तरपनि बाहिरिन बाध्य बन्यो । 

यसैगरी समूह ‘ई’ अन्तर्गत बुधबार राती भएको खेलमा जर्मन क्लब वायर्न म्युनिखले अजाक्ससँग ३–३ गोलको बराबरी खेलेको छ । अजाक्सको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा वायर्नका लागि रोबर्टो लेवान्डोस्कीले १३औं र ८७औं मिनेटमा दुई गोल गरे । किङस्ले कोम्यानले इन्जुरी समयमा एक गोल गरे । 

आयाक्सका डुसान टाडिकले पनि ६१औं र ८२औं मिनेटमा दुई गोल गरे । निकोलस ट्यागलियाफिकोले पनि इन्जुरी समयमा एक गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । रोचक बनेको खेलमा दोस्रो हाफमा दुवै टोली १० खेलाडीमा समेटिएका गिए । सोही समूहको अर्को खेलमा बेनफिकाले एथेन्सलाई १–० गोलले हरायो । 

समूह ‘ई’ को विजेता बनेको वायर्न १४ अंक जोड्दै नकआउट चरणमा पुग्यो । १२ अंक बनाएको अजाक्स पनि उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गर्यो । सात अंक बनाएको बेनफिका र अंक बिहिन एथेन्स बाहिरिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप