शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तपाईंको कुन बैङ्कमा सेयर छ ? यस्तो छ बैङ्कले दिने लाभांश

बिहीबार, २७ मङ्सिर २०७५, १० : २६
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौँ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीहरूले आफूले  कमाएको गत वर्षको नाफाबाट धमाधम लगानीकर्ताहरूलाई  लाभांश दिने घोषणा गरिरहेका छन् । बैङ्क तथा वित्तीय संस्था, बिमा कम्पनी, जलविद्युत कम्पनीलगायतले लाभांश घोषणा गरेका हुन् । हामीले यहाँ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत वाणिज्य बैङ्कहरू कसले आफ्ना सेयरधनीलाई कति लाभांश दिँदैछन् भनेर देखाउन खोजेका छौँ ।

वाणिज्य बैङ्कहरूले यस पटक घोषणा गरेको लाभांशमा भने केही भिन्नता देखिएको छ । अधिकांश बैङ्कहरूले लाभांशका रूपमा सेयरभन्दा पनि नगद लाभांशलाई बढी जोड दिइरहेका छन् । गत वर्ष जस्तो यस पटक बैङ्कहरूलाई पुँजी वृद्धिको चिन्ता छैन । राष्ट्र बैङ्कले तोकेको चुक्ता पुँजी वृद्धिका लागि  हकप्रद र बोनस सेयरको बाढी नै ल्याएका बैङ्कहरूले यस पटक भने नगद लाभांशलाई प्राथमिकतामा राखेका छन् । यद्यपि, लगानीकर्ताहरू नगदमा भन्दा सेयर लाभांशमा बढी सन्तुष्ट हुने गरेका छन् ।  

बैङ्कहरूले घोषणा गरेको लाभांश वित्तरणका लागि राष्ट्र बैङ्कको स्वीकृति चाहिन्छ । साथै, बैङ्कको वार्षिक साधारण सभाले समेत लाभांश वितरणको प्रस्ताव पारित गराउनुपर्नेछ । अहिले बैङ्कहरूले घोषणा गरेको लाभांश राष्ट्र बैङ्कको स्वीकृति र सम्बन्धित कम्पनीको साधारण सभाले पारित गराएपछि मात्र लगानीकर्ताले पाउनेछन् । 

सबैभन्दा बढी लाभांश इन्भेस्टमेन्ट र नविलको 

हालसम्म लाभांश घोषणा गरेका वाणिज्य बैङ्कहरूमा सबैभन्दा बढी लाभांश इन्भेस्टमेन्ट बैङ्कले दिने भएको छ । बैङ्कले बोनस सेयर र नगद लाभांश गरेर ४० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । इन्भेस्टमेन्टले २२ प्रतिशत नगद र १८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।  बैङ्कले हाल कायम रहेको चुक्ता पुँजी १० अर्ब ६४ करोड ५५ लाख ९९ हजार रूपैयाँमा सो लाभांश वितरण गर्न लागेको हो । यो प्रस्तावित बोनस सेयर वित्तरणपछि बैङ्कको चुक्ता पुँजी १२ अर्ब ५६ करोड १८ लाख ८ हजार ८२० रूपैयाँ पुग्नेछ ।  यसको प्रतिसेयर आम्दानी ३९ रूपैयाँ ६३ पैसा र प्रतिसेयर नेटवर्थ २४६ रूपैयाँ ९३ पैसा छ ।

यता, नविल बैङ्कले पनि लगानीकर्तालाई ३४ प्रतिशत लाभांश दिने भनेको छ । यसले पनि नगद लाभांश नै बढी दिन लागेको छ । चुक्ता पुँजीको २२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको बैङ्कले बोनस सेयर भने १२ प्रतिशत दिने भएको छ ।  नविल बैङ्कको हालको चुक्ता पुँजी ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रूपैयाँ छ ।  १२ प्रतिशत बोनस सेयर वित्तरणपछि बैङ्कको चुक्ता पुँजी ९ अर्ब ८४ लाख ७ हजार रूपैयाँ पुग्नेछ । नविलको प्रतिसेयर आम्दानी ५१ रूपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ २७१ रूपैयाँ ५२ पैसा रहेको छ । यी दुवै बैङ्क नाफामा अग्रपङ्क्तिमा देखिन्छन् ।

६ वटा बैङ्कले नदिने भए बोनस सेयर 

लाभांश घोषणा गरेका बैङ्कहरूमध्ये ६ वटा बैङ्कले बोनस सेयर नदिने भएका छन् । उनीहरूले नगद लाभांश मात्र दिने घोषणा गरिसकेका छन् । स्ट्यान्डर्ड चार्टड बैङ्कले १७.५ प्रतिशत मात्र नगद लाभांश दिने भनेको छ भने एभरेस्ट बैङ्कले २० प्रतिशत नगद लाभांश दिँदैछ । यता ग्लोबल आईएमई बैङ्कले भने नगद लाभांश नदिई १६ प्रतिशत बोनस सेयर दिने घोषणा गरिसकेको छ ।  यस्तै सानिमा बैङ्क, सनराइज बैङ्क, नेपाल बङ्गलादेश बैङ्क, जनता बैङ्क  र माछापुछ«े बैङ्कले नगद लाभांश मात्र दिँदैछन् । 

कुन बैङ्कले कति दिँदैछन् लाभांश ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप