शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिग फुटबल: पेनाल्टीमा जोगियो सरस्वती

बिहीबार, २७ मङ्सिर २०७५, १४ : ००
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौं– सरस्वती युथ क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो जित हात पारेको छ । लिगका सुरुवाती खेलमा खराब खेलेको सरस्वतीले आठौं चरणको खेलमा बिहिबार एनआरटी क्लबलाई १–० गोलले हरायो ।

एन्फा मैदान सातदोवाटोमा भएको खेलमा सरस्वतीको जितमा अफ्रिकी खेलाडी भिक्टोर एमोबी नायक बने । प्रतिस्पर्धात्मक खेलमा भिक्टोरले ७१औं मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका थिए । सरस्वतीले खेलको सुरुवातदेखिनै गोल गर्ने अवसर बनाए पनि सफल हुन सकेको थिए ।

लिगमा कमजोर प्रदर्शन गरिरहेको एनआरटीको सरस्वतीसँग पनि केही लागेन । जितसँगै आठ खेलबाट नौं अंक बनाएको सरस्वती नवौं स्थानमा छ ।

समान खेलबाट एक अंकमा सिमित एनआरटी तालिकाको अन्तिममा छ । लिगमा एनआरटीको यो लगातार सातौं हार हो । लिगको पहिलो खेलमा आर्मी क्लबलाई बराबरीमा रोक्नुबाहेक एनआरटीले कुनै प्रगति गर्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप