शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एन्फाद्वारा साग गेमका लागि खेलाडीहरुलाई प्रशिक्षण दिन सुरु

बिहीबार, २७ मङ्सिर २०७५, १४ : ५६
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारीका लागि खेलाडीहरुलाई प्रशिक्षण दिन सुरु गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा खेल मैदानमा दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारी अन्तर्गत महिला खेलाडीहरुलाई प्रशिक्षण दिन सुरु गरेको हो ।

आगामी मार्च ११ गतेदेखि काठमाडौंमा दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । सोही प्रतियोगिताका लागि खेलाडीहरुलाई प्रशिक्षण दिने काम सुरु गरिएको प्रशिक्षक हरि खड्काले जानकारी दिए ।

बुधबारबाट सुरु भएको प्रशिक्षण अन्तरगत महिला खेलाडीहरुले प्रशिक्षण खेल खेलीरहेका छन । प्रशिक्षक खड्काले सो प्रतियोगितामा विजयी बन्ने सम्भावना प्रवल भएकाले महिला खेलाडीहरुलाई प्रशिक्षणमा विशेष प्राथमिकता दिइएको पनि स्पष्ट पारे । घरेलु मैदानमा आयोजना हुने सो प्रतियोगितामा उत्कृष्ट नतिजा निकाल्न एन्फाले खेल सुरु हुनु ३ महिना अघि देखिनै खेलाडीहरुलाई प्रशिक्षण दिन सुरु गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप