जर्मनीको एक सडकमा चकलेटका कारण जाम
बीबीसी– सडक सामान्यतया कालो रंगको हुने गर्छ । तर जर्मनीमा भने एक सडकको रंग बदलिएर खैरो भयो । त्यहाँको सडकमा चकलेटको पत्र बिछिएपछि सडकको रंग बदलिएको हो । खासमा भएको के थियो भने जर्मनीको वेस्टनेन सहरमा रहेको एक सडकमा चकलेट बोकेर हिडेको एक ट्रकबाट तरल चकलेट लिक भएर सडकमा पोखियो ।
जाडो धेरै भएकाले हेर्दाहेर्दै पोखिएको तरल चकलेट जम्यो । यसले गर्दा बाटोनै बन्द गर्नुपर्यो । सडकमा चकलेट जमेर समस्या आएपछि पछि दमकल कर्मचारीलाई बोलाउनु परेको थियो । त्यसपछि आएका २५ दमकल कर्मचारीहरुले तातो पानी र साभेलको प्रयोग गरेर चकलेटलाई राजमार्गबाट हटाए ।
जुन कारखानाको चकलेट पोखिएको थियो त्यसका कर्मचारीहरुले सरसफाईको कार्यमा सघाएका थिए । दमकल विभागले पछि ठट्टा गर्दै ‘निक्कै धेरै चकलेट बगेर गएको भए पनि नजिकै आउदैं गरेको क्रिसमसमा चकलेटको अभाव हुने सम्भावना नरहेको’ बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीबी राई समूहद्वारा स्वर्णलक्ष्मीका बचतकर्ताको २ अर्ब ७४ करोड भन्दा बढी रकम अपचलन
-
छोटुलालले फिर्ता गरे बाटोमा भेट्टाएको १७ लाख रुपैयाँ
-
विमानको सिटमा बेवारिसे अवस्थामा एक किलो सुन फेला
-
एथलेटिक्समा एकैदिन ३ कीर्तिमान बन्दा आशिषले ३६ वर्षअघिको कीर्तिमान तोडे
-
सप्रिम सहकारी प्रकरण : थुनछेक बहस जारी, आदेश शुक्रबार आउने
-
‘ओलीको बुद्धि पलाउने बेला रौँ पलाउन थालेछ’