शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी सिनेटमा साउदी अरबबारे बहस: छलफल खुल्ला राख्ने विषयमा बहुमत

बिहीबार, २७ मङ्सिर २०७५, १७ : ०६
बिहीबार, २७ मङ्सिर २०७५

वासिङ्टन– साउदी अरेबियाले यमनका हुथी विद्रोही विरुद्ध जारी आक्रमणमा अमेरिकी सैनिक सहायता  अन्त्य गर्ने वा नगर्ने भन्ने विषयको छलफललाई खुला गर्ने विषयको प्रस्तावलाई अमेरिकी सिनेटले बहुमतले पारित गरेको छ । 

साउदी पत्रकार जमाल खशोग्जीको हत्याको विषयलाई लिएर ट्रम्प प्रशासन र कङ्ग्रेसबीच तनाव जारी रहेको छ । सिनेटरबीच उक्त विवादका विषयमा छलफल हुनुपर्छ भन्ने प्रस्तावको पक्षमा ६० र विपक्षमा ३९ मत परेको थियो । उक्त प्रस्ताव रिपब्लीकन सिनेटर माइक ली र स्वतन्त्र सिनेटर बर्नी स्यान्डर्सले अघि सारेका थिए । 

खशोग्जीको हत्यामा साउदी राजकुमारको प्रत्यक्ष संलग्नता रहेको विभिन्न अनुसन्धानले देखाउँदै आएका छन् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया अमेरिकीको असल मित्रको रुपमा रहेकाले राजकुमारमाथि आरोप लगाउन नमिल्ने तर्क राख्दै आएका छन् । 

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र रक्षामन्त्री जेम्स म्याटिसले सिनेटको बैठकमा खशोग्जीको हत्या र यमनको द्वन्द्वको विषयमा बिहीबार जानकारी गराउनेछन् । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप