काठमाडौं–निजगढ दूर्तमार्ग निर्माण हुन नदिन गम्भिर षडयन्त्र
काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले काठमाडौं–निजगढ द्र्रूतमार्ग निर्माण हुन नदिन गम्भिर षडयन्त्र भइरहेको दावी गरेका छन् । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको बिहिबारको बैठकमा बोल्दै सांसदहरुले सो दू््रतमार्गको जग्गाको मुआब्जासम्बन्धि समस्या जब्बरजस्त खडा गरि दिएर निर्माण हुन नदिन षडयन्त्र भईरहेको बताएका हुन् ।
बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहले विज्ञहरुसँग सुझाव लिएर सो द्रुतमार्गको प्रस्थान विन्दु खोकना र बुङमतीको जग्गाको मुआब्जामा देखिएको असन्तुष्टि तत्काल सम्बोधन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । १ अर्ब ७० करोड जग्गाको मुआब्जा वितरण भएपछि सो सम्बन्धि समस्या आउनुको कारणको खोजी गर्न पनि सरकारलाई काँग्रेस सांसद सिंहको आग्रह छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले पनि खोकना र बुङमतीको जग्गाको मुआब्जा सम्बन्धि विवाद समाधान गर्न प्रधानमन्त्री केपी ओलीको गम्भिर ध्यानाकर्षण गराए । उनले दू्रतमार्ग निर्माण गर्दा स्थानीय धार्मिक तथा ऐतिहासिक महत्वका सम्पदाहरुको संरक्षण गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सो दू्रतमार्ग निर्माणको लागत बढन जाने देखिएको भन्दै त्यसमा सचेत रहन सरकारलाई आग्रह गरे । उनले देशको सन्तुलित विकास गर्न ध्यान दिन पनि सरकारसँग आग्रह गरे ।
सांसद सुवालले सो दु्रतमार्ग निर्माणमा खर्चको लागत बढन जाने र त्यसले राम्रो परिणाम नदिने दावी पनि गरे । नेपाली सेनाले निर्माण कार्य अघि बढाएको सो राष्ट्रिय गौरवको आयोजनाको अनुमानित लागत १ खरव १६ अर्ब रहेको छ । सांसद सुवालले सो दु्रतमार्ग निर्माणको लागत बढेर २ खर्ब पुग्ने अवस्था देखिएको उल्लेख गर्दै सरकारको गम्भिर ध्यानाकर्षण पनि गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै