शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा नेपाल लाईफको ट्राफिक नियम बारे जनचेतना

बिहीबार, २७ मङ्सिर २०७५, १७ : ४३
बिहीबार, २७ मङ्सिर २०७५

जनकपुर– नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ट्राफिक प्रहरीको समन्वयमा जनकपुरका अधिकांश स्थलमा ट्राफिक नियम पालना सम्वन्धि जनचेतानामुलक बोर्डहरु झुण्ड्याएको छ । ईन्स्यूरेन्सले जनकपुरको अधिकांश सडकपेटिमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ट्राफिक नियम सम्बन्धी होर्डिङ्ग बोर्ड तथा व्यानरहरु झुण्ड्याएका हुन् । 

नेपाल लाईफले जनकपुरको व्यस्त सडकको रुपमा रहेको एयरपोर्ट क्षेत्र, विद्यापति चोक, जिरोमाईल, बस स्टैण्ड र भानु चोकमा होर्डिङ्ग बोर्ड, व्यानरहरु झुण्ड्याएका छन् ।

जनकपुरका अधिकांश व्यस्त चोकमा गुड्ने सवारी साधनले ट्राफिक नियमको वास्ता नगर्र्दा तेजगतिमा गुडाउनेहरुको लागि यसले राम्रै प्रभाव पार्ने इन्स्योरेन्सको विश्वास लिएको नेपाल लाईफ ईन्स्योरेन्स जनकपुर शाखा प्रबन्धक दशरथ झाले बताए । 

रामजानकी विवाहपञ्चमी महोत्सवलाई केन्द्रविन्दु गरि होडिंग बोर्डहरु झुण्ड्याइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप