बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषदका १५ निर्णय: पाण्डे नेतृत्वको वार्ता टोलीलाई १५ दिनको म्याद थप

बिहीबार, २७ मङ्सिर २०७५, १७ : ४४
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौं– सरकारले सांसद सोमप्रसाद पाण्डे संयोजकत्वको राजनीतिक वार्ता टोलीलाई बाँकी काम गर्न १५ दिनको म्याद थपेको छ । गत मंसिर २४ गते बसेको मन्त्रिपरिषद बैठकले पाण्डे संयोजकत्वको टोलीको म्याद १५ दिन थपेको बिहीबार सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।

त्यस्तै मन्त्रिपरिषदले गोरखापत्र संस्थानको सल्लाहकारमा टिकाराम राईलाई नियुक्त गर्ने निर्णय गरेको छ । राइलाई व्यवस्थापन, मार्केटिङ र प्रिन्टिङसम्बन्धि हेर्ने जिम्मेवारी दिएको छ । त्यसैगरी सरकारले बालाजु –त्रिसुली छहरे–विदुर सडक स्तरोन्नतीका लागि २६०० रुख हटाउन स्वीकृति दिएको छ । 

सरकारले काठमाडौं–निजगढ दू्रतमार्ग निर्माणका क्रममा क्षतिपूर्ति दिन छुट भएका १०५ जनालाई क्षतिपुर्ति दिने र भारतीय नोटहरु २ सय ५ सय र २ हजारका नोट गैरकानुनी भएकाले ति नोट चलनचल्तीमा नल्याउन र नबोक्न सुचना प्रकाशन गर्ने निर्णय पनि सरकारले गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप