शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व प्रहरीलाई माछापुच्छ्रे बैंकले सरल कर्जा उपलब्ध गराउने

बिहीबार, २७ मङ्सिर २०७५, १८ : २२
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौं– नेपाल पूर्व प्रहरी संगठनको साधारण सभाको अवसरमा नेपाल पूर्व प्रहरी संगठन र माछापुच्छ्रे बैंक लिमिटेडबीच सरल कर्जा उपलब्ध गराउने सम्बन्धि संझौतामा हस्ताक्षर भएको छ ।

नेपाल पूर्व प्रहरी संगठनको धापासी स्थित सभा हलमा भएको उक्त संझौतामा नेपाल पूर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष बसन्त राज कुँवर तथा माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले हस्ताक्षर गरी संझौता पत्र आदान प्रदान गरेका थिए ।

प्रतिनिधि सभा सदस्य नवराज सिलवाल प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा संगठन र बैंकबीच पूर्व प्रहरीहरुलाई पेन्सन पट्टा धितो राखी कर्जा उपलब्ध गराउने सम्बन्धि महत्वपूर्ण संझौता भएको थियो । पूर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष बसन्त राज कुँवर तथा माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृतसन्तोष कोईरालाले उक्त कार्यक्रममा बोल्दै यस्ता कार्यक्रमबाट आर्थिक सम्मुन्नत लगायत आपसी सद्भाव र भाईचाराको समेत विकाश हुने कुरा समेत बताए ।

साथै कार्यक्रमका प्रमुख अतिथि माननीय प्रतिनिधि सभा सदस्य नवराज सिलवालले यस्ता कार्यक्रमबाट सानो भन्दा सानो तहको पूर्व प्रहरी कर्मचारीहरुलाई प्रोत्साहित गरी आर्थिक सम्मुन्नत बनाउनुपर्ने बताए । कार्यक्रममा हस्ताक्षर गर्नु पुर्वनै नेपाल पूर्व प्रहरी संगठन तथा माछापुच्छ्रे बैंक लिमिटेडले बिर्तामोड, काठमाडौं, चितवन तथा दाङ्गमा सरल कर्जा संबन्धि बैंकिङ्ग साक्षरता कार्यक्रम संचालन गरिसकेकोमा बैंकले आगामी दिनमा देशका अन्य क्षेत्र तथा जिल्लाहरुमा समेत क्रमश संचालन गर्ने प्रतिबद्घता जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप