शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ए डिभिजन लिग फुटबलः संकटा लिगको दोस्रो स्थानमा उक्लियो

बिहीबार, २७ मङ्सिर २०७५, १८ : ३२
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौं । संकटा क्लब पल्सर सहिद स्मारक ‘ए डिभिजन लिग’ फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । बिहिबार हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले हराउँदै संकटा लिगको दोस्रो स्थानमा उक्लिएको हो  ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा संकटालाई जित दिलाउन विदेशी खेलाडी सेड्रिक अबा र दिपेश आले मगरले एक÷एक गोल गरे ।

खेलको ११ औं मिनेटमा एकल प्रयासमा अबाले गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको १४ औं मिनेटमा दिपेशले गोल गर्दै संकटालाई २ ० को जित दिलाए ।

जितसँगै संकटाले ८ खेलबाट २१ अंक जोडेको छ । सातौं जित निकालेसँगै संकटाले शीर्ष स्थानको सिग्नेचर मनाङ मस्र्याङदीसँग अंक बराबरी गरेको छ । हिमालयन शेर्पा ८ खेलबाट ११ अंक जोडेर छैटौं स्थानमा छ ।

यस्तै आज भएको अर्को खेलमा सरस्वती युथ क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा तेस्रो जित दर्ता गरेको छ । बिहिबार भएको खेलमा सरस्वतीले न्यूरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सरस्वतीलाई जित दिलाउन भिक्टोर एमओबीले पेनाल्टीमा निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भिक्टोरले ७३ औं मिनेटमा गोल गर्दै सरस्वतीलाई ३ अंक दिलाए ।

जितसँगै सरस्वतीले ८ खेलबाट ९ अंक जोडेको छ । सरस्वती लिगको नवौं स्थानमा छ । एनआरटीले ८ खेलमा १ अंक जोडेको छ । एनआरटी लिगको पुछारमा छ ।

जावलाखेल युथ क्लब विजयी

यस्तै हल्चोकस्थित एपीएफ मैदानमा बिहिबार नै भएको खेलमा भने जावलाखेलले एपीएफलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

हल्चोकस्थित एपीएफ मैदानमा जावलाखेललाई जित दिलाउन विदेशी खेलाडी ओलालेकन आफिज लावलले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा लावलले फ्रिकिकबाट गोल गर्दै जावलाखेललाई जित दिलाएका हुन्  ।

जितसँगै जावलाखेलले ८ खेलबाट ७ अंक जोडेको छ ।  जावलाखेल लिगको दशौं स्थानमा उक्लिएको छ ।  एपीएफ ८ खेलबाट १० अंक जोडेर आठौं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप