शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कांग्रेसको महासमिति बैठकको सम्पूर्ण तयारी पूरा,  ७ वटा दस्तावेज प्रस्तुत हुने

बिहीबार, २७ मङ्सिर २०७५, १८ : ४३
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौं— नेपाली कांग्रेसले महासमिति बैठकको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राजधानीस्थित यगम्बर पाटी प्यालेसमा बिहीबार पत्रकार सम्मेलन गरीे मंसिर २८ गतेदेखि पुष ३ गतेसम्म चल्ने महासमिति वैठकको तयारीबारे जानकारी दिएका हुन् ।  उनले महासमितिमा भएका छलफलबारे मिडियालाई बिहान ११ बजे र साँझ ४ बजे बिर्फिङ गराइने पनि बताए ।

बैठकमा एक हजार ६ सयको सहभागिता हुनेछ ।  बैठकमा उपस्थित हुने महासमिति सदस्यहरुलाई दस्तावेज वितरण र रजिष्ट्रेसन शुक्रबार हुनेछ । शनिबार ११ बजे उद्घाटन हुने बैठकको पहिलो दिन दस्तावेजहरु पनि वितरण हुने बताइएको छ । महासमिति सदस्यले एकहजार रुपियाँ प्रवेश शुल्क बुझाउनु पर्नेछ ।

महासमिति बैठकमा ७ वटा दस्तावेज प्रस्तुत हुनेछ । उनकाअनुसार राजनीतिक प्रस्ताव उपसभापति विमलेन्द्र निधि, सांगठानिक दस्तावेद महामन्त्री डाक्टर शशांक कोइराला, विधान संशोधन प्रस्ताव अर्का महामन्त्री पूर्णबहादुर खड्का, आर्थिक दृष्टिकोण सम्बन्धी प्रस्ताव सहमहामन्त्री डा. प्रकाशशरण महत र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सीतादेवी यादवले प्रस्तुत गर्ने छन् ।

उद्घाटन सत्र पश्चात प्रस्तुत हुने दस्तावेजको ७ वटा प्रदेशस्तरीय समूहमा छलफल भएपछि मात्रै खुला रुपमा छलफल हुने पार्टी प्रवक्ता शर्माले बताए । साथै उनले संघीय संरचनाअनुसार परिमार्जित तथा संशोधित विधानका प्रस्तावित प्रावधानमाथि सहमति जुटाउन पार्टी कार्यालय सानेपामा बैठक चलिरहेको जनाए । उनले केन्द्रीय कार्य समितिबाट संशोधित विधानका प्रस्तावित प्रावधानमाथि सहमति जुटाउन अधिकतम प्रयास भइरहेको भन्दै बैठक भोली पनि बस्ने संकेत गरे ।

उनले भने, ‘केन्द्रीय कार्यसमितिबाट संशोधित विधानका प्रस्तावित प्रावधानमाथि सहमति नजुटेको विषयलाई महासमितिमा लगिने छ । महासमिति बैठक महाधिवेशन पछिलो सर्वोच्व निकाय हो । यसलेनै उक्त विषयको फैसला गर्छ ।’

साथै तीन दिनसम्म सञ्चालन हुने बैठकमा एक करोडभन्दा कम खर्च हुने स्थानीय व्यवस्थापन समितिका संयोजक तथा काठमाडौंका सभापति सरोज बानियाँले दाबी गरे । उनका अनुसार साँझको खाना र बस्ने व्यवस्था सहभागी आफैंले गर्नेछन् । सहभागीलाई बिहानको खाजा, खाना साथै दिउँसो चिया र विस्कुटको व्यवस्था भने हुनेछ । कसैसँग चन्दा नमाग्ने काम भएको भन्दै सबै खर्च पार्टी केन्द्रको आन्तरिक कोषबाटै हुने संयोजक बानियाँले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप