शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दि भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले शुक्रबार, कसले मार्ला बाजी ?

बिहीबार, २७ मङ्सिर २०७५, १९ : ०९
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौं –नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ को ग्राण्ड फिनाले यहि मंसिर २८ गते शुक्रबार कतारको दोहामा हुँदैछ ।

गायन प्रतिभा प्रस्फुटन गर्ने नेपालकै नम्बर एक रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’को ग्राण्ड फिानालेमा प्रतियोगीहरुका साथै नेपालका चर्चित कलाकारहरुले समेत आफ्नो कला प्रस्तुत गर्ने भएका छन् ।

कार्यक्रममा दि भ्वाइस अफ नेपालका फाइनलिष्टहरु सिडि बिजय, कुशल, सप्तक र श्रृजयले आफ्नो उत्कृष्ट कला प्रस्तुत गर्नेछन जसको माध्यमबाट उनीहरुमध्ये एक जना ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’को बिजेता हुनेछन् । 

चारै जना फाइनलिस्टहरुमध्ये दर्शकहरुको भोटको आधारमा बिजेता चयन हुनेछ । नेपालको पहिलो दि भ्वाइस अफ नेपाल बिजेताले २५ लाख रुपैयाँको नगद पुरस्कारका साथमा रेनोको एउटा कार प्राप्त गर्नेछन् । त्यसैगरि बजेताले २० लाख रुपैयाँ बराबरको एल्बम सम्झौता र विश्व भ्रमण गर्न पाउने छन् ।

यसअघिको कार्यक्रमबाट फाइनलमा चारै जना निर्णायकहरु दिप, अभया, सनुप र प्रमोदका टिमबाट एक/एक प्रतियोगीहरु प्रवेश गर्न सफल भएका हुन् । ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ ग्राण्ड फिनालेमा फाइनलिस्टहरुका साथै सेमीफाइनलमा पुगेका टप ८ प्रतियोगीहरुले पनि आफ्नो प्रस्तुती दिनेछन् । 

कतार, दोहाको एमपी थिएटरमा डिसेम्बर १४ तारिख अर्थात मंसिर २८ गते शुक्रबार बेलुकी १० बजेदेखि शुरु हुने ग्राण्ड फिनाले नेपालमा कान्तिपुर टेलिभिजन र डिसहोमको रमाईलो टिभीबाट प्रत्यक्ष प्रशारण हुनेछ । यो विशेष कार्यक्रममा प्रतियोगीहरुका साथै अन्य नेपाली कलाकारहरुले पनि आफ्नो कलाद्धारा दर्शकहरुलाई मनोरन्जन प्रदान गर्नेछन् ।

कार्यक्रममा चर्चित हास्य कलाकार सिताराम धुर्मुस र कुन्जना सुन्तलिको पनि प्रस्तुती हुनेछ । त्यसैगरि ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ का अन्य सहभागीहरुले पनि आफ्नो कला प्रस्तुत गर्नेछन् । टिभिएस अपाचे सिरिज आरटिआर दि भ्वाइस अफ नेपाललाई टिभिएस अपाचेले मुख्य प्रायोजन गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप